अतिथिलाई मायाको चिनो तरकारीको पोको 

गणेश घिमिरे
 पुष २२, इलाम 
    अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छ । कार्यक्रम समापनको समयमा पनि विशेषतः प्रमुख अतिथि संगै अन्य अतिथिलाई मायाको चिनो वा सौगात दिने क्रम बढ्दो छ । अतिथिलाई दिने मायाको चिनो राम्रो दिनु पर्छ भन्ने आम मान्यता र प्रचलन छ । अझ उद्योगी व्यवसायीको कार्यक्रमका सहभागी अतिथि र प्रमुख अतिथिलाई दिने मायाको चिनो त सामान्य होइन विशिष्ट नै हुन्छ । तर इलाम नगरपालिकामा यो पटक मायाको चिनो दिने फरक शैली र प्रयोग भएको छ । सदरमुकाममा सोमबार भएको सहयात्रा नेपाल इलामको १० औं साधारण सभाको उद्घाटनमा उपस्थित अतिथिलाई मायाको चिनो स्वरुप तरकारीको पोको दिइयो । सभाको उद्घाटन समापन पश्चात संस्थाले फूलकोपि, ब्रोकाउली, सागसम्मको प्याकेज बनाएर अग्र्यानिक तरकारीको कोसेली दिएको हो ।                     

इलाममा पछिल्लो समय अग्र्यानिक तरकारी खेती गर्ने कृषकको आकर्षण बढ्दै गएको छ । बिशेष गरेर अहिले महिलाहरुले सामूहिक रुपमा तरकारी खेती गर्नेक्रम बढ्दो छ । तरकारी उत्पादन गर्दा पर्ने किसानको मेहनतको महत्वसँगै इलाममा उत्पादन हुने तरकारी उत्पादनको महत्व बुझाउन र महिलाले मात्र उत्पादन गरेको कृषि उपजलाई प्रोत्साहन गर्न अतिथिलाई मायाको चिनो स्वरुप तरकारीको प्याकेज बनाएर प्रदान गरेको सहयात्रा नेपाल इलामकी कोषाध्यक्ष सबिता पाण्डेले बताउनुभयो । मायाको चिनो स्वरुप अग्र्यानिक तरकारीको पोको पाएपछि अतिथि पनि मक्ख भए । पाहुनालाई मायाको चिनो प्रदानमा नयाँ प्रयोग र अभ्यासको थालनी भएको र जिल्लामा हुने हरेक किसिमको कार्यक्रममा इलाममा उत्पादन हुने बस्तुहरुलाई प्रंोत्साहन गर्न यस्ता किसिमका क्रियाकलाप महत्वपूर्ण बन्ने कार्यक्रममा उपस्थित अतिथि मध्येका एका गैर सरकारी संस्था इलामका अध्यक्ष भक्त थामीको भनाई छ । मायाको चिनो के दिने भन्ने विषयमा छलफल गर्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्येश्यले तरकारीको पोको दिएको संस्थाले जनाएको छ । संस्थाले गठन गरेको नवजागृति कृषि महिला समूह र सिमधारा महिला समूहले उत्पादन गरेको तरकारी अतिथिलाई प्रदान गरेको हो । इलाममा बढ्दो बिषादीको प्रयोगबाट तरकारी उत्पादन भइरहेको भ्रम चिर्न तथा सहकारीले उत्पादन गरेको तरकारी बजारसम्म पुरयाउने उद्येश्य सहकारी संस्थाको छ । बजारको ब्यबस्था राम्रो नभइरहेको अवस्थामा अग्र्यानिक तरकारी सहज बिक्रिका लागि महिला समूहले बजार खोजिरहेको सिमधारा महिला कृषि समूहकी सचिब खोम कुमारी खवासले बताउनुभयो । यता संस्थाले मायाको चिनोको रूपमा गाउँका किसानले उत्पादन गरेको तरकारी अतिथिलाई दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए ।

आयातित वस्तुलाई मायाको चिनोका रूपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको तरकारी कासेलीका रूपमा पाएका हुन् । कृषि क्षेत्रबाटै महिलाको आर्थिक जीवनस्तर उकास्न सकिन्छ भन्ने उद्येश्यले सहयात्रा नेपाल मार्फत टेवा नेपाल काठमाडौंले आर्थिक सहयोग गर्दै आएको छ । टेवा नेपालले कृषि सहकारीमा एकदेखि तीनलाख रुपैंयाँसम्म आर्थिक सहयोग गर्दै आएको सहयात्रा नेपालकी अध्यष हेमकुमारी (गंगा) शिबाले जानकारी दिनुभयो । बिशेष गरेर खानेपानी मुहान तथा सिमसार संरक्षण र जलवायू परिवर्तनको क्षेत्रमा काम गर्दै आएको संस्थाले महिलाहरुको आय आर्जन उकास्नका लागि पनि क्रियाशिल भएर लागेको छ । सहयात्राले जिल्लामा पाँचवटा महिला कृषि समूह गठन गरेर सामूहीक तरकारी खेतीमा प्रोत्साहित गरीरहेको छ ।  
 

प्रतिकृया दिनुहोस

दुईजना प्रतिष्पर्धीलाई पछि पार्दै दोस्रो पटकको प्रयासमा खनाल अध्यक्षमा निर्वाचित 

गणेश घिमिरे पुष २१, इलाम  निर्माण ब्यबसायी संघ इलामको १० औं जिल्ला अधिबेशनबाट अध्यक्षमा डिल्लि खनाल निर्वाचित हुनुभएको छ । दुईजना प्रतिष्पर्धीलाई

पोखरा सँग इलाम जोड्दै नाटा

कोशी र मधेश प्रदेशको पर्यटकीय स्थलहरुलाई गण्डकी प्रदेशको पर्यटकीय स्थलहरु सम्म जोड्ने पर्यटन प्याकेज तयार गर्ने तयारी शुरु भएको छ । नेपाल एशोसिएसन

प्रगति पथमा लम्कदै छिमेकी सहकारी

गणेश घिमिरे मंसिर २२, इलाम वित्तिय कारोबार, बचत तथा ऋणको क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्दै इलाम जिल्लाको अब्बल सहकारीको रुपमा आफूलाई स्थापित