बिभिन्न आरोह अबरोह पार गर्दै शताब्दी सहकारीको २५ बर्ष पूरा, मेयर÷पूर्व उपमेयर र पूर्व अध्यक्ष्यलाई बिशिष्ठ सम्मान

गणेश घिमिरे
पुष २७, इलाम 
बिभिन्न आरोह अबरोह पार गर्दै शताब्दी बचत तथा ऋण सहकारी संस्था इलामले आफनो २५ औं बर्षगाठ (रजत जयन्ती) मनाएको छ । रजत जयन्ती संगै २२ औं साधारण सभा पनि सम्पन्न गरेको छ । रजत जयन्ती एवं साधारण सभाको अवसरमा ३ जना ब्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । इलाम नगरपालिकाका मेयर केदार थापा, इलाम नगरपालिकाकै पूर्व उपमेयर शुसिला नेम्वाङ र संस्थाका पूर्व अध्यक्ष बबुल भक्तराजलवट लाई दोसल्ला ओढाएर सम्मान गरेको हो । यसैगरी संस्थाले संस्थालाई अघि बढाउन महत्वपूर्ण योगदान पुरयाउने पूर्व सञ्चालक समिति सदस्यहरु, संस्थापक सदस्यहरुलाई पनि कदरपत्र प्रदान गरेको छ । यस्तै संस्थाले बिभिन्न बिधामा उत्कृष्ट शेयष्र सदस्यलाई सम्मान एवं पुरस्कृत गरेको छ ।  जसमा उत्कृष्ट ऋणितर्फ बिनोद खवास, दिलकुमारी नेम्वाङ्ग, मझौला ऋणितर्फ गोमा अधिकारी र बालकुमार श्रेष्ठ, ठूला ऋणितर्फ तेजबहादुर सुबेदी र छलकुमारी देवान, निमित दैनिक बचतकर्तामा प्रबिण मोक्तान, र दिपा चापागाइँ, नियमित मासिक बचतकर्तामा सरिता मोक्तान र योगेन्द्र राई, बिशेष बचत आवधिकतर्फ मेकुका श्रेष्ठ र मानदेव अधिकारी, बढि शेयर खरिदगर्नेतर्फ कमलप्रसाद सुबेदी र धर्मकुमारी पोख्रेल तथा नियमित बाल बचतकर्तामा इडेन शेर्पा र खुशि ढकाललाइ सम्मान गरेको हो । यस्तै संस्थाको रजत जयन्तिको अवसरमा संस्थाले सञ्चालन गरेको इलाममा शहकारी संस्थाको इतिहास,वर्तमान अवस्था चुनौती र अवसर बिषयक मावि÷क्याम्पस तह खुल्ला निबन्ध प्रतियोगितामा उत्कृष्ट निबन्ध लेख्ने पाँचजना छात्राहरु दिलाशा घिमिरे, बिन्दु भण्डारी, दिक्षा घिमिरे, कविता आचार्य र युना राईलाई सम्मान एवं पुरस्कृत गरेको छ । यसैगरी गतबर्षको एसइइ परिक्षामा उत्कृष्ट जिपिए र कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा उत्कृष्ट अंक ल्याउने ३÷३ जना र कक्षा ५ को जिल्ला स्तरीय परिक्षामा उत्कृष्ट अंक ल्याउने २ जना संस्थाका शेयर सदस्यका छोराछोरी मध्ये संस्थागत र सामुदायिक बिद्यालयका गरी आठजना छात्र÷छात्रालाई पनि पुरस्कृत एवं सम्मान गरेको छ । संस्थाका अध्यक्ष जीतबहादुर खड्काको अध्यक्षता एवं इलामका बिशिष्ठ नागरीक युद्धप्रसाद बैद्यको प्रमुख आतिथ्यमा सम्पन्न सभामा प्रस्तुत बार्षिक प्रतिबेदन अनुसार संस्थाले मृतक सदस्यलाई राहात सुबिधा, एम्बुलेन्स सुबिधा, गम्भिर रोग लागेका सदस्यलाई आर्थिक सुबधिा, जेष्ठ सदस्यलाई औषधि उपचार खर्च सुबिधा, सुत्केरी पोषण खर्च सुबिधा, स्वास्थ्य बिमा सुबिधा उपलब्ध गराउँदै आएको छ । संस्थाले सदस्यको मृत्यु भएमा सहानुभूति सहयोग स्वरुप परिवारलाई ३४ हजार सहयोग गर्दै आएको छ भने चालु आब बाटै ५० हजार पुरयाउने भएको छ । भाडाको घरमा सञ्चालित संस्थाले आफनै भवनबाट सेवा प्रबाह गर्ने लक्ष्य बमोजिम हाल इलाम नगरपालिका ७ कर्मचारी मिलन केन्द्र नजिकै आठआना जग्गा खरीद गरीसकेको र भवन निर्माणको लागि घरजग्गा कोष स्थापना गरेर रकम संकलन गर्दै आएको छ । यता सभामा संस्थाका सचिब मोहन बिष्टले संस्थाको बार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष बिजय कार्कीले २० करोड ८८ लाख ४२ हजार रुपैंयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । यो सहकारी जिल्लाको उत्कृष्ठ सहकारी मध्येको एक हो । यस संस्थामा हालसम्म जम्मा १६ सय ३९ जना शेयर सदस्य रहेका छन् । 
 

प्रतिकृया दिनुहोस

अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह

गणेश घिमिरे माघ १९, इलाम  महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८

हेरिटेजको बार्षिक उत्सवमा सम्मान तथा पुरस्कार बितरण

गणेश घिमिरे माघ १९, इलाम  इलाम नगरपालिका ९ मा सञ्चालित हेरिटेज नेशनल एकाडेमि माध्यमिक बिद्यालयले आफनो १६ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरेर

पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदै

गणेश घिमिरे माघ ८, इलाम पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदैछ । स्विस सरकार