शेयर सदस्यलाई थप जिम्मेवार बनाउन प्राथमिक उपचार तालिम प्रदान
सामाजिक संगै सेवामुलक कार्यमा अघि बढ्दै सुनगाभा

गणेश घिमिरे
चैत्र १५, इलाम
भनिन्छ, दुर्घटना अचानक हुन्छ । अपर्झट दुर्घटना भइहाले सर्वप्रथम चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुग्ने वा अरुलाई बोलाउने कुरा सोचिन्छ । तर, सबै परिस्थितिमा तत्काल चिकित्सक पुग्न तथा अरुलाई बोलाउन सम्भव हुँदैन । दुर्घटना भइहाले, चिकित्सकको उपचार सुरु हुनुअघि घाइतेलाई प्राथमिक उपचार दिनुपर्ने हुन्छ । प्राथमिक उपचार दिनका लागि बिज्ञता हुन जरुरी छ । जसले गर्दा अरुको ज्यान बचाउन ठूलो मद्धत पुग्नेछ । यो बिज्ञता सबै नागरिकमा हुन जरुरी छ । बिरामी वा घाइते व्यक्तिलाई दिइने आपतकालीन हेरचाहलाई प्राथमिक उपचार भनिन्छ । अरुको जीवन बचाउने आधारभूत ज्ञान भएको खण्डमा कुनैपनि परिस्थितीमा अप्ठेरो पर्दैन । यसैलाई मध्यनजर गरेर इलाम सदरमुकाममा चारदिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम आज (शुक्रबार) बाट सुरु गरीएको छ । यो तालिम इलाम नगरपालिकामा रहेको सुनगाभा बचत तथा ऋण सहकारीले आयोजना गरेको हो ।
बिभिन्न सामाजिक र सेवामुलक क्षेत्रसंगै आफना शेयर सदस्यहरुको आर्थिक जीवनस्तर उठाउन महत्वपूर्ण काम गर्दै आएको यस संस्थाले सदस्यहरुको अझ क्षमता बिकास र थप जिम्मेवार बनाउन संस्थाले यस तालिमको आयोजना गरेको संस्थाका अध्यक्ष गोपाल पौड्यालले बताउनुभयो । तालिममा संस्थामा आबद्ध शेयर सदस्यसंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र इलाम नगर प्रहरीका प्रतिनिधि सहित ४० जनाको सहभागिता रहेको संस्थाका ब्यबस्थापक भुवन सुवेदीले जानकारी दिनुभयो । तालिमलाई प्राथमिक उपचार सम्बन्धिका बिज्ञ कृष्णचन्द्र पाण्डेले शहजीकरण गरिरहनु भएको छ । तालिममा प्राथमिक उपचार, चोटपटक, बेहोसी, कृतिम श्वासप्रश्वास, घाउ र पट्टिको प्रयोग, पोलाई, बिष, मेरुदण्डको चोटपटक, हातखुट्टा भाँचिएको, घाईते बिरामीको उद्धारको बारेमा शैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइँदैछ । यस्तै तालिममा प्राथमिक उपचारका प्रकार, प्राथमिक उपचारको सामाग्री लगायतका बिषयमा समेत जानकारी गराइँदैछ ।

खेलकुदमा पनि पत्रकार सोङमीको सहयोग, इलाममा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड चेस प्रतियोगिता
गणेश घिमिरे जेठ १४, इलाम इलाम जिल्लामा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड (बुद्धिचाल) चेस प्रतियोगिता आयोजना हुँदैछ । जिल्लामा बुद्धिचाल

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो
गणेश घिमिरे जेठ ७, इलाम बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन
इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको
प्रतिकृया दिनुहोस