‘तालिम लिएपछि थप जिम्मेवारी बढ्यो’

गणेश घिमिरे
चैत्र १८, इलाम
इलाम सदरमुकाममा चारदिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम आज सकिएको छ । सुनगाभा बचत तथा ऋण सहकारीले आयोजना गरेको तालिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र इलाम नगर प्रहरीका प्रतिनिधि सहित ४० जनाको सहभागिता रहेको थियो । तालिमलाई कृष्णचन्द्र पाण्डेले शहजीकरण गर्नुभएको थियो । तालिममा सहभागिलाई प्रमाण पत्र र फस्ट एड बक्स समेत बितरण गरिएको थियो । तालिममा प्राथमिक उपचार, चोटपटक, बेहोसी, कृतिम श्वासप्रश्वास, घाउ र पट्टिको प्रयोग, पोलाई, बिष, मेरुदण्डको चोटपटक, हातखुट्टा भाँचिएको, घाईते बिरामीको उद्धारको बारेमा शैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गरइएको थियो । यस्तै तालिममा प्राथमिक उपचारका प्रकार, प्राथमिक उपचारको सामाग्री लगायतका बिषयमा समेत जानकारी गराइएको थियो ।
तालिम समापन संस्थाका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षता एवं इलाम अस्पतालका प्रमुख डाक्टर प्रभु शाहको प्रमुख आतिथ्यमा भएको थियो । समापनमा सहभागि प्रशिक्षार्थीहरु गंगा महत र ठाकुर कटटेलले तालिम लिएपछि आफूहरुमाथि थप जिम्मेवारी थपिएको बताउनुभयो । उहाँहरुले आफूले सिकेको कुरालाई गाउँ,समाज र छरछिमेकमा लागू गर्ने जनाउँदै यस किसिमको तालिम सबै नागरिकले लिन अत्यावश्यक रहेको प्रतिक्रिया दिनुभयो । समापन कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लिला थापाले सहकारीले नागरिकको हितमा गर्दै आएको कामहरु अनुकरणिय रहेको जनाउँदै यस किसिमको तालिम सुनगाभाले दिनु चानचुने कुरा नभएको उल्लेख गर्नुभयो ।

शेयर सदस्यलाई थप जिम्मेवार बनाउन प्राथमिक उपचार तालिम प्रदान
गणेश घिमिरे चैत्र १५, इलाम भनिन्छ, दुर्घटना अचानक हुन्छ । अपर्झट दुर्घटना भइहाले सर्वप्रथम चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुग्ने वा अरुलाई

इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो
गणेश घिमिरे असार २७, इलाम इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता

इलाम जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
गणेश घिमिरे असार २६, इलाम इलाम जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर
प्रतिकृया दिनुहोस