पर्यटकीय गन्तब्य बन्दै पानीटार, पर्यटन प्रबद्र्धन गर्न महोत्सवको आयोजना

गणेश घिमिरे
चैत्र २४, इलाम
    पूर्वी नेपालको पहाडी जिल्ला इलाम देशकै प्रमुख पर्यटकीय जिल्ला मध्येको एक हो । पहाडकी रानी नामले समेत चिनीने इलाममा प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकीय गन्तब्यहरु प्रशस्त छन् । चर्चामा रहेका यहाँका धेरै पर्यटकीय गन्तब्य मध्येको पनि एक हो पानीटार । मनोरम चिया बगान हेर्न पर्यटकहरु इलामकै कन्याममा आउछन् । तर कन्यामझँै चियाबगान र उत्तिकैै प्रख्यात बन्दै गएको छ पानीटार ।                         

यो जिल्लाको पश्चिमि देउमाई नगरपालिकामा पर्छ । कन्यामको चिया बगान इलामको एक मात्र प्रख्यात चियाबारी भनेर चिनिदै आएपनि अब पानीटार कन्याम झै बन्दै पर्यटकीय क्षेत्रको प्रमुख गन्तब्य बन्दै गएको छ । स्थानीय तह र सम्बन्धित निकाय (पर्यटनसँग सम्बन्धी)ले बिशेष चासो नदिँदा यो क्षेत्रको पर्यटन बिकासले खासै फड्को भने मार्न सकेको छैन । कतै अग्लो र कतै होचो, तर मिलेको चियाबारी यहाँको मुख्य आकर्षण हो । पछिल्लो समय पानीटारको चर्चा बढ्दै जाँदा फिल्म सुटिङ र म्यूजिक भिडियो बनाउने क्रम पनि बढेको छ । प्राकृतिक छाँयांकन स्थलका रूपमा विकास हुँदै गरेको यस क्षेत्रको प्रचार अनि दर्शकको आँखा अड्याउने ‘भर्जिन ल्याण्ड’ भएकाले पनि फिल्म सुटिङ र म्यूजिक भिडियो बनाउने क्रम बढेको हो । विशेषत घुमघाम र हिउँदमा वनभोज आउनेको संख्या बढी हुन्छ । पानीटार क्षेत्रमै रहेको सामुदायिक वनको २५ प्रतिशत क्षेत्रमा वनभोज क्षेत्र समेत बनाइएको छ । बिगतमा स्थानीय तहको चासो नगएको यस क्षेत्रमा अहिले स्थानीय तहले पनि चासो देखाउन थालेको हो ।                         

स्थानीय सरकारले प्रदेश र संघिय सरकारसंगको समन्वयमा भौतिक संरचना निर्माणको कामदेखि पार्क निर्माणदेखि लिएर सिंडि निर्माण, बनभोज स्थलहरु बनाएको देउमाई नगरपालिका ३ का वडाध्यक्ष पदमबहादुर कटुवालले बताउनुभयो । श्रीअन्तु, कन्याम, माइपोखरीमा बर्षैभर पर्यटक घुम्छन् । यस क्षेत्रमा होमस्टे, होटल खोलिने क्रम पनि बढि छ । तर, पानीटारमा व्यवस्थित खानपान र वस्ने ठाउँ एवं प्रचारप्रसारको अभावमा यस क्षेत्रमा पर्यटक आवागमन सोचेजस्तो हुन नसकेको स्थानीय बताउँछन् । यो क्षेत्रमा हिउँदमा मनोरञ्जनका लागि आन्तरीक तथा बाह्य पर्यटकहरु आउने गतिलो पर्यटकीय गन्तब्य भने बन्दै गएको छ । यस क्षेत्रमा नेपालका बिभिन्न जिल्ला सहित भारत, भुटानबाट समेत पर्यटकहरु आउने गरेका छन् । यहाँ बार्षिक १० हजारसम्म पर्यटकहरु आउने गरेको वडाध्यक्ष कटवालको भनाई छ ।                                 

पर्यटकीय गन्तब्य बन्दै गएको पानीटारलाई देश बिदेशमा चिनाउँदै पर्यटन बिकास र स्थानीय उत्पादनको प्रबद्र्धन गराउने उद्येश्य राखेर स्थानीय युवाहरुले उक्त क्षेत्रमा आउँदो चैत २८ देखि बैशाख ३ गतेसम्म प्रथम देउमाई कृषि तथा पर्यटन महोत्सवको आयोजना गर्दैछन् । महोत्सव अवधिभरमा आन्तरीक तथा बाह्य गरेर करिब सात हजार पर्यटक भित्राउने लक्ष्य राखेको महोत्सव आयोजक समितिका महासचिब सन्तोष तामाङले जानकारी दिनुभयो ।  जिल्लामा पर्यटन विकासको लहर चलेसँगै यहाँका बासिन्दा पर्यटक भित्राउन कसिएका हुन् । पानीटार आसपासका क्षेत्र पनि रमािणय प्राकृतिक सौन्दर्यले सजिएका छन् । अन्तत यस क्षेत्रलाई पर्यटन पुर्वाधार विकास गर्न सके इलामको मात्र होइन, नेपालकै महत्वपूर्ण पर्यटक स्थल बनाउन सकिनेछ । 
 

प्रतिकृया दिनुहोस

इलाममा सडक फुड फेस्टिबल सुरु

गणेश घिमिरे चैत्र ३१, इलाम     स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ

नयाँ बर्षको अवसरमा इलाममा उद्यमी फुड फेस्टिबलको आयोजना 

गणेश घिमिरे चैत्र २९, इलाम  स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ बर्ष

सहकारी दिवसमा सम्मान र बक्तृत्वकला प्रतियोगिता 

गणेश घिमिरे चैत्र २०, इलाम  मर्यादित सहकारी ः समुन्नत समाज भन्ने नाराका साथ आज इलाममा ६८ औं राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रम गरेर मनाइएको छ ।