नयाँ बर्षको अवसरमा इलाममा उद्यमी फुड फेस्टिबलको आयोजना 

गणेश घिमिरे
चैत्र २९, इलाम 
स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ बर्ष २०८२ को अवसर पारेर सडक फुड फेस्टिबल हुने भएको छ । इलाम उद्योग बाणिज्य संघ र महिला उद्यमी बिकास एकाईको संयुक्त आयोजनामा आउँदो चैत ३१ र बैशाख १ गते इलाम चोक बजारमा उद्यमी फुड फेस्टिबल हुन लागेको एकाईले सदरमुकाममा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । एकाइकी अध्यक्ष दिब्या भटटराईका अनुसार फुड फेस्टिबलमा बिशेष गरेर महिला उद्यमीले उत्पादन गरेका सामाग्रीहरु स्टलमा राखिनेछ । जिल्लामा महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको बजारीकरण सोचेजस्तो नभइरहेको अवस्थामा महिला उद्यमीलाई प्रोत्साहन, उनीहरुले उत्पादन गरेको सामाग्रीको बजारीकरण र इलामको पर्यटन प्रबद्र्धनमा सघाउ पुरयाउने उद्येश्यले नयाँ बर्षको अवसरमा उद्यमी फुड फेस्टिबलको आयोजना गरेको एकाईकी महासचिब सुनीता कर्मचार्यले जानकारी दिनुभयो ।  यस फेस्टिबलले व्यवसायीहरुलाईे राहत मिल्ने बिश्वास आयोजकको छ ।

फेस्टिबलमा १५ वटा स्टलहरु रहनेछ । स्थानीय रैथाने खानालाई महत्व दिने तथा यसले लोपन्मूख अवस्थामा पुगिसकेका परिकारको समेत प्रवद्र्धनमा सघाउ पुग्ने बताइएको छ । आर्थिक मन्दीले सुस्ताएको व्यापारलाई समेत फेस्टिबलले चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको छ । दुईदिनसम्म सञ्चालन हुने फेस्टिबलमा बिभिन्न साँस्कृतिक कार्यक्रमहरु सञ्चालन रहने आयोजक समिति अन्तर्गत साँस्कृतिक समिति संयोजक रिना घिमिरेले जानकारी दिनुभयो । फेस्टिबल सञ्चालन गर्नका लागि करिब साडे ३ लाख खर्च लाग्ने अनुमान आयोजकको छ । जसका लागि स्थानीय र प्रदेश सरकारसंग बजेट माग गरिएको छ भने जिल्लामा रहेका संघसंस्था, हाइड्रोपावरलाई पनि आर्थिक सहयोग माग गरिएको आर्थिक समिति संयोजक भगवती कोइरालाले जानकारी दिनुभयो ।

आन्तरिक तथा वाह्य पर्यटनको लागि समेत फुड फेस्टिवलले प्रचारप्रसारमा सहयोग गर्ने प्रचारप्रसार समितिकी संयोजक शारदा पराजुलीले जानकारी दिदैं उद्घाटनका दिन टुडिखेलबाट प्रभात फेरी निकालेलिनेछ भने सबैले घरको अगाडी राख्नका लागि अनुरोध गरिएको बताउनुभयो । २०६८ सालदेखि नयाँ बर्षको अवसरमा सडक महोत्सवको नाममा महोत्सव हुँदै आएपनि यो बर्षबाट महिला उद्यमीलाई प्रोत्साहन र उनीहरुले बनाएका सामाग्रीको बजारीकरणमा सघाउ पुरयाउन उद्यमि फुड फेस्टिबल मनाउन लागेको आयोजकको भनाई छ । फेस्टिबलका लागि स्टलहरु निर्माणको थालनी भइसकेको छ । महोत्सव अवधिभरमा करिब २०÷२२ लाखको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

खेलकुदमा पनि पत्रकार सोङमीको सहयोग, इलाममा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड चेस प्रतियोगिता 

गणेश घिमिरे जेठ १४, इलाम  इलाम जिल्लामा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड (बुद्धिचाल) चेस प्रतियोगिता आयोजना हुँदैछ । जिल्लामा बुद्धिचाल

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो

गणेश घिमिरे जेठ ७, इलाम  बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन

इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको