आँखाको ज्योति फर्किएपछि खुशिले गद्गद्

गणेश घिमिरे
चैत्र ३०, इलाम
इलाम फाकफोकथुम गाउँपालिका स्थित खाम्बाङका ८८ बर्षिय भिमबहादुर राईको खुशिको सिमा छैन । एउटा दाइने आँखाले देख्न छाडेको दुई वर्ष भयो । घर भित्र–बाहिर गर्न पनि सहारा चाहिन्थ्यो । दुखका साथ अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उहाँ अहिले उज्यालो देख्न पाएपछि हर्षित बन्नु भएको छ । मोतीबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा आँखाको दृष्टि गुमाउनु परेको थियो । तर इलाम सदरमुकाममा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनः उहाँले संसार देख्न पाउनु भएको छ । अन्यकै सहरामा जीवन निर्वाह गरिरहनु भएका राईले पुनः संसार देख्न पाएपछि खुसी हुँदै शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिनुभयो । शरीर कमजोर भएपनि अब अरूको बोझ बन्नु पर्दैन भन्ने उहाँलाई लागेको छ ।
राई जस्तै इलाम नगरपालिका ३ कि निर्मला राउत पनि आँखोको ज्योती फर्किपछि हर्षित हुनुन्छ । जिल्ला बाहिर टाढाको अस्पतालमा गएर उपचार गराउन आर्थिक अवस्था कमजोर थियो । जसकारण उपचार नगराई बसिरहेको अवस्थामा घर आँगनबाटै आँखाको उपचार भएर आँखाको ज्योती फर्किएपछि अत्यन्तै खुशि मिलेको बताउनुहुन्छ । राई र राउत एउटा प्रतिनिधि पात्र मात्र हुनुन्छ । उहाँहरु जस्ता धेरै नागरिकहरु अहिले घर आँगनबाटै आँखाको उपचार पाएर पुन नयाँ संसार देख्न पाउँदा मख्ख बन्नु भएको छ । यो अवसर नेपाल नेत्रज्योति संघ इलामले दिलाएको हो । इलाममा आँखाका बिरामीहरुको खोजि गरिरहेको संघले बिभिन्न ठाउँमा सञ्चालन गरेको स्कृनिङबाट आएका मोतियाबिन्दु लागेका बिरामीलाई जम्मा गरेर शल्यक्रिया सहितको शिबिर सञ्चालन गरेको संघका सचिब प्रकाश भटटराईले बताउनुभयो ।
गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब र विपन्नको बसोबास हुन्छ उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभाव तथा पहुँचको अभावका कारणले गर्दा रोग लिएर बसिरहन बाध्य भइरहेको अवस्थामा गाउँघरमा भएका यस्ता शिबिरमा गएर सेवा दिएर बुबा आमाको जीवनमा खुसी फर्किएको देख्न पाउँदा खुशि महसुस हुने गरेको बिराटनगर आँखा अस्पतालका आँखा रोग बिशेषज्ञ डा. सन्तोष शाहको भनाई छ । सदरमुकामकै जुविलेन्ट इलाइट एकाडेमीसंग सहकार्य गरेर सञ्चालन गरिएको शिबिरको ब्यबस्थापन इलाम नगरपालिकाले गरेको छ । नेपालको अन्धोपन निवारणमा यस्ता शिबिरले महत्वपूर्ण योगदान पुरयाउने बिश्वास नगरपालिकाले लिएको छ । अस्पतालको पहुँचबाट टाढा रहेका नागरिकलाई शिविरको आयोजना गरी उपचार सेवा प्रवाह भइरहँदा धेरै नागरिक लाभान्वित भएका इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो । आर्थिक अभाव तथा पहुँचको अभावका कारणले गर्दा रोग लिएर बसिरहन बाध्य नागरिकलाइ लक्षित गरेर शिबिरको आयोजना गरीएको हो । शिबिर अवधिभरमा एकजना आँखाका बिरामिको शल्यक्रिया गर्ने आयोजकको लक्ष्य छ । शिबिरमा बिराटनगर आँखा अस्पतालले प्राबिधिक सहयोग गरेको छ । सो अस्पतालका आँखा रोग बिशेषज्ञ डाक्टर सन्तोष शाह सहित आठ जनाको टोलिले सेवा दिएको छ । शिबिरमा एकसजना मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य आयोजकको छ ।

खेलकुदमा पनि पत्रकार सोङमीको सहयोग, इलाममा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड चेस प्रतियोगिता
गणेश घिमिरे जेठ १४, इलाम इलाम जिल्लामा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड (बुद्धिचाल) चेस प्रतियोगिता आयोजना हुँदैछ । जिल्लामा बुद्धिचाल

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो
गणेश घिमिरे जेठ ७, इलाम बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन
इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको
प्रतिकृया दिनुहोस