इलाममा सडक फुड फेस्टिबल सुरु

गणेश घिमिरे
चैत्र ३१, इलाम
स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ बर्ष २०८२ को अवसर पारेर सडक फुड फेस्टिबल आइतबारबाट सुरु भएको छ । इलाम उद्योग बाणिज्य संघ र महिला उद्यमी बिकास एकाईको संयुक्त आयोजनामा इलाम चोक बजारमा दुईदिने उद्यमी फुड फेस्टिबल सुरु भएको हो । फेस्टिबलको उद्घाटन इलाम नगरपालिकाका मेयर केदार थापा र उपमेयर बिष्णु लिम्बू दाहालले संयुक्त रुपमा गर्नुभयो । यस किसिमको फेस्टिबलले इलाममा उद्यमीले उत्पादन गरेका सामाग्रीको बजारीकरणमा सघाउ पुरयाउनुका साथै आर्थिक मन्दीले सुस्ताएको इलामको व्यापारलाई समेत चलायमान बनाउन सहयोग पुग्ने महिला उद्यमी सन्दकपुर गाउँपालिकाकी लिलादेवी भटटराईले बताउनुभयो । फेस्टिबलले इलामको पर्यटन प्रबद्र्धनमा समेत सघाउ पुग्ने बिश्वास लिइएको छ । स्टलमा मड्काको चिया, वाचिपा, केराबाट बनेका परिकारहरु, कोदोको मम, गुन्द्रुक, टिमुर, अचारका आइटम, फूल तथा बासबाट निर्मित सामाग्री लगायतका सामाग्रीहरु राखिएको छ । यस्तै स्थानीय रैथाने खानाका परिकारहरु समेत राखिएको छ । फेस्टिबलमा बिभिन्न जातिय सहितका सांस्कृतिक कार्यक्रमहरु समेत रहेको छ ।
आन्तरिक तथा वाह्य पर्यटनको लागि समेत फुड फेस्टिवलले प्रचारप्रसारमा सहयोग आयोजकको बिश्वास छ । २०६८ सालदेखि नयाँ बर्षको अवसरमा सडक महोत्सवको नाममा महोत्सव हुँदै आएपनि यो बर्षबाट महिला उद्यमीलाई प्रोत्साहन र उनीहरुले बनाएका सामाग्रीको बजारीकरणमा सघाउ पुरयाउन उद्यमि फुड फेस्टिबल मनाउन सुरु गरेको बताइएको छ । फेस्टिबल सोमबारसम्म चल्नेछ ।

इलाममा पनि मनाइयो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस
गणेश घिमिरे जेठ २१, इलाम आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस देशभर मनाइएको छ । इलाममा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि यो दिवस

खेलकुदमा पनि पत्रकार सोङमीको सहयोग, इलाममा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड चेस प्रतियोगिता
गणेश घिमिरे जेठ १४, इलाम इलाम जिल्लामा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड (बुद्धिचाल) चेस प्रतियोगिता आयोजना हुँदैछ । जिल्लामा बुद्धिचाल

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो
गणेश घिमिरे जेठ ७, इलाम बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या
प्रतिकृया दिनुहोस