गैससलाई चलायमान बनाउ अग्रसर बर्तमान कार्यसमिति, पहिलो पटक भित्ते पात्रो प्रकाशन

गणेश घिमिरे
चैत्र ३१, इलाम 
गैरसरकारी संस्था महासंघ नेपाल इलाम शाखाले प्रकाशन गरेको नयाँ बर्ष २०८२ सालको बार्षिक भित्ते पात्रो सार्वजनिक गरिएको छ । इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेत, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, र महासंघका इलाम शाखा अध्यक्ष भक्तबहादुर थामीले संयुक्त रुपमा आइतबार भित्ते पात्रो सार्वजनिक गर्नुभएको हो । महासंघले  भित्ते पात्रो निकालेको यो पहिलो हो । बर्तमान कार्य समितिले महासंघलाई बलियो बनाउँदै इलामको सामाजिक एवं बिकास निर्माणमा सक्रिय बनाउन हरदम प्रयासरत छ । महासंघले आफना गतिबिधिलाई चलायमान बनाउन एवं जिल्लामा गैसस महासंघको भूमिकालाई मजबदु बनाउँदै थोरै आर्थिक श्रोतबाट पहिलो पटक भित्ते पात्रो प्रकाशन गरेको महासंघ अध्यक्ष भक्तबहादुर थामीले बताउनुभयो ।

महासँघका तस्विरमय गतिविधिहरु समेत समेटेर प्रकाशन गरिएको भित्ते पात्रो शाखाले पहिलो पटक प्रकाशन गरेको हो । भित्तेपात्रो बिमोचन गर्दै संसद बस्नेतले गैरसरकारी संस्थाहरुमा भएको भ्रमको अन्त्य गर्नुपर्ने जनाउँदै स्थानीय सरकार र प्रशासनले गैरसरकारी संस्थालाई साथ र सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले धेरै गैर सरकारी संस्थामध्येमा नगन्य मात्रामा केहिले गलत गरे भन्दैमा सबैलाई एउटै डालोमा राखेर नकरात्मक रुपले हेर्दा सामाजिक रुपमा ठूलो क्षती हुने बताउनु भयो । यस्तै कार्यक्रममा जिसस प्रमुख जयप्रकाश राई, महासंघका निवर्तमान अध्यक्ष कमल नेपाल, भूमि आयोग इलामका अध्यक्ष प्रकाश अधिकारी, मानव अधिकार मञ्चका देवेन्द्र बिश्वकर्मा, महासंघका पूर्व उपाध्यक्ष गोपाल नेपाल, पत्रकार महासंघ इलाम शाखा सदस्य सुनीता मगर, प्रहरी नायब उपरिक्षक मानबहादुर राई लगायतले सामाजिक क्षेत्रमा गैरसरकारी संस्थाको भुमिका महत्वूर्ण रहेको जनाउँदै सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरका लागि गैसस संस्थाको महत्वपूर्ण योगदान रहेको भन्दै चर्चा गर्नुभएको थियो । महासंघले नयाँ बर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका साथ भित्ते पात्रोको बिमोचन गरेको हो ।

प्रतिकृया दिनुहोस

खेलकुदमा पनि पत्रकार सोङमीको सहयोग, इलाममा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड चेस प्रतियोगिता 

गणेश घिमिरे जेठ १४, इलाम  इलाम जिल्लामा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड (बुद्धिचाल) चेस प्रतियोगिता आयोजना हुँदैछ । जिल्लामा बुद्धिचाल

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो

गणेश घिमिरे जेठ ७, इलाम  बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन

इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको