रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन

इलाम, जेठ ३
इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको उद्घाटन सत्रमा इलाम नगरपालिकाका प्रमुख केदार थापाले इलामको फूटबलको बिकास र खेलाडी उत्पादनमा यस क्लबको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले इलामको ठूलो टुडिखेललाई स्तरीय प्याराफिट सहितको रंगशाला बनाउन नेपाली सेनासंग कुरा भइसकेको र डिपिआर समेत गरेर निर्माणको तयारीमा लागेको बताउनुभयो ।
कार्यक्रममा इलाम नगरपालिका ६ र ७ का वडाध्यक्ष मदन श्रेष्ठ, नरेश श्रेष्ठ कोशि प्रदेश फूटबल संघका उपमहासचिब पूर्णफत्र लिम्बू, जिल्ला फूटबल संघका अध्यक्ष बिक्रम श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष भिम चापागाइँ लगायतले रेडहर्ष जिल्लाकै मात्र नभएर देशकै प्रतिष्ठित क्लब भइसकेको र यसले खेलाडी उत्पादन मात्र नभएर सामाजिक कार्यमा गरेको योगदानको पनि चर्चा गर्नुभएको थियो । २०६१ सालमा स्थापित यो क्लबले इलाममा फूटबलको माहौल बढाउँदै खेलाडी उजागर गर्ने उद्येश्यका साथ इलाम हरेक बर्ष इलाम गोल्डकप गर्दै आएको छ । जसमा दुईसंस्करण सम्पन्न गरिसकेको छ भने तेस्रो संस्करण समेत गर्ने साधारण सभामा प्रतिबद्धता जनाएको छ । सभाको उद्घाटन सत्रमा क्लबका अध्यक्ष साङगे योल्मुले क्लबले आगामी दिनमा वाड ने फूटबल सञ्चालन गर्ने, खेलाडी सुरक्षा कोषको स्थापना गर्ने , फूटबल खेलको इतिहास संग्रहीत पुस्तक प्रकाशन गर्ने, सामाजिक क्षेत्रमा सहयोग गर्ने लगायतका प्रतिबद्धता जनाउनुभयो ।
यता सभाको उद्घाटन सत्रमा क्लबकी कोषाध्यक्ष आस्ना श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । ७७ जना सदस्य रहेको क्लबले छैठौं अधिबेशनबाट सेवक देवानको अध्यक्षतामा ११ जनाको कार्य समिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा सुरज अधिकारी, उपाध्यक्ष प्रितम राई, महासचिबमा प्रकाश घिमिरे, सचिबमा नवीन सुन्दर शेर्मा (रकम) र कोषाध्यक्षमा आस्ना श्रेष्ठलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा निरोज खड्गी, शिब तामाङ, सुबास अधिकारी, राजेश पराजुली, लिलाराज सुब्बा रहनु भएको छ ।

राहसलका बालबालिकालाई घरेलुको सहयोग
इलाम, जेठ २३ इलाम नगरपालिका ९ मा रहेको राहासल बाल गृहमा आश्रित बालबालिकालाई खाद्यान्न र स्टेशनरी प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय

फूलमती सोङ्मी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको तयारी अन्तिम चरणमा
गणेश घिमिर जेठ २३, इलाम इलाम सदरमुकाममा भोलि (शनिबार) हुने फूलमती सोङ्मी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

इलाममा पनि मनाइयो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस
गणेश घिमिरे जेठ २१, इलाम आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस देशभर मनाइएको छ । इलाममा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि यो दिवस
प्रतिकृया दिनुहोस