बेलासेमा कृषकलाई सुपारी खेती सम्बन्धि तालिम र बिरुवा बितरण

इलाम, जेठ २३
कृषकहरुलाई सुपारी खेतीमा आकर्षित गराउँदै ब्यबसायिक बनाउने उद्येश्यका साथ इलाम नगरपालिका ११ का कृषकलाई सुपारी खेती सम्बन्धि तालिम दिन थालिएको छ । घरेलु तथा साना उद्योग कार्यलय इलामको आयोजना र इलाम नगरपालिकाको समन्वयमा तीनदिने तालिम दिन थालिएको हो । तालिमको उद्घाटनमा इलाम नगरपालिकाका मेयर केदार थापाले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै यस क्षेत्रका किसानलाई सुपारी खेतीबाटै आत्मनिर्भर बनाउन नगरपालिकाले खेत ीगर्ने सिानका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
यस्तै घरेलु कार्यालयका प्रमुख एकनाथ दाहालले किसानलाई उद्यमी बनाउन घरेलु कार्यालयले साथ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ४० जना कृषकको सहभागिता रहेको तालिमलाई दर्शन न्यौपानेले सुपारी खेती कसरी गर्ने, मलजलको प्रयोग कसरी गर्ने, रोग लागेमा औषधि उपचार कसरी गर्ने लगायतका बारेमा सहजीकरण गरिरहनु भएको घरेलु कार्यालयका शाखा अधिकृत किरण कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिम समापनमा किसानलाई प्रतिब्यक्ति ५० वटाको दरले २ हजार वटा सुपारीको बिरुवा बितरण गर्ने जानकारी दिनुभयो ।
बेलासेमा कृषकलाई सुपारी खेती सम्बन्धि तालिम र बिरुवा बितरण
इलाम, जेठ २३ कृषकहरुलाई सुपारी खेतीमा आकर्षित गराउँदै ब्यबसायिक बनाउने उद्येश्यका साथ इलाम नगरपालिका ११ का कृषकलाई सुपारी खेती सम्बन्धि तालिम दिन

इलाममा सडक फुड फेस्टिबल सुरु
गणेश घिमिरे चैत्र ३१, इलाम स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ

नयाँ बर्षको अवसरमा इलाममा उद्यमी फुड फेस्टिबलको आयोजना
गणेश घिमिरे चैत्र २९, इलाम स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ बर्ष
प्रतिकृया दिनुहोस