चार दशकको राजनीतिक अनुभव सहित भेषराज आचार्य पुनः मैदानमा, इलाम–२ मा कडा भिडन्तको संकेत
गणेश घिमिरे
माघ ९, इलाम
इलामको राजनीतिक इतिहासमा निरन्तरता र संगठन प्रतिको निष्ठाको कुरा गर्दा भेषराज आचार्य एउटा अब्बल नाम हो । चार दशकभन्दा लामो राजनीतिक संलग्नता, जनआन्दोलनको सक्रिय सहभागिता र सामाजिक सेवामा देखिएको निरन्तरताले उनलाई केवल नेता होइन, राजनीतिक संस्कार बोकेको व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।
इलाम नगरपालिका–११ तत्कालिन सोयाक गाविसमा २०२१ साउन १४ गते जन्मनु भएका आचार्य स्वर्गीय कपिलमणी आचार्य र लिला देवी आचार्यका सुपुत्र हुन् । सामाजिक न्याय र नैतिक मूल्यमा विश्वास गर्ने परिवारिक वातावरणमै हुर्किएका आचार्यले इमानदारी, धैर्यता र सेवाभावलाई आफ्नो राजनीतिक यात्राको आधार बनाएका छन् । विद्यार्थी जीवनमै राजनीति प्रवेश गरेका आचार्य २०३५ सालदेखि सक्रिय भए । पञ्चायती व्यवस्थाको कडा नियन्त्रणबीच पनि लोकतान्त्रिक विचार बोकेर उनले नेपाल विद्यार्थी संगठन, आदर्श माध्यमिक विद्यालय इलामको नेतृत्व सम्हाले । चुनौतीपूर्ण समयमै संगठन चलाएको अनुभवले उनलाई विचारमा अडिग नेता बनाएको देखिन्छ । २०४६ सालको जनआन्दोलनदेखि पछिल्ला राजनीतिक परिवर्तनसम्म उनी सधैं सडक, संगठन र जनताको बीचमै रहे । नेपाली कांग्रेसको बिभिन्न पद सम्हाल्दै उनले पार्टी संगठनलाई स्थानीय तहसम्म विस्तार गर्न योगदान दिए । आठौँदेखि चौधौँ महाधिवेशन सम्म महासमिति सदस्य रहनु संगठन भित्रको निरन्तर विश्वासको संकेत मानिन्छ । २०४९ सालमा जिल्ला विकास समिति इलामको निर्वाचित सदस्य बनेपछि उनले राजनीति व्यवहारमा उतार्ने अवसर पाए ।
शिक्षा, स्वास्थ्य र स्थानीय विकासका क्षेत्रमा काम गर्दै उनले नीति र व्यवहारबीचको दूरी घटाउने प्रयास गरे । २०७० सालमा इलाम क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यको उम्मेदवार बनेका आचार्य हालसम्म पनि राजनीतिमा सक्रिय छन् । २०७८ मा नेपाली कांग्रेस इलाम जिल्ला सभापतिमा उम्मेदवारी दिँदै करिब ४६ प्रतिशत मत प्राप्त गर्नु उनको संगठनभित्रको प्रभाव र जनआधारको प्रमाण हो । पराजयपछि पनि पार्टीभित्रै रहेर संघर्ष जारी राख्नु उनको राजनीतिक संस्कारको विशेषता मानिन्छ । राजनीतिसँगै सामाजिक सेवामा पनि आचार्यको सक्रियता उल्लेखनीय छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका आचार्य सामाजिक विकास, नेतृत्व निर्माण र जनसहभागिताका विषयमा अनुभवी व्यक्ति हुन् । भीडभन्दा विचारलाई महत्व दिने नेता मानिने आचार्य सादगी, अनुशासन र जनतासँगको नजिकको सम्बन्धका कारण इलामेली राजनीतिमा फरक पहिचान बनाउँदै आएका छन् । यिनै आचार्य हाल आउँदो फागुन २१ ग्ते हुने प्रतिनिधि सभा सदस्यमा काँग्रेसबाट पुन उम्मेद्धार बन्नु भएको छ । उहाँसंगै प्रतिष्पर्धामा अन्य १३ जना रहेका छन् । तर आचार्यको कडा प्रतिद्धन्द्धि एमालेका उम्मेद्धार सुहाङ नेम्वाङलाई लिइएको छ ।
बाढीपीडितका लागि कांग्रेस इलामले संकलन गरयो ३ लाख ७१ हजार रुपैयाँ
गणेश घिमिरे भदौ १८, इलाम गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना र
इलाम–२ मा १२ वर्षपछि बदला लिने कांग्रेसको दाउ, सुहाङ नेम्वाङलाई आचार्यको कडा चुनौती
गणेश घिमिर माघ १५, इलाम इलाम क्षेत्र नम्बर २ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घरदैलो अभियानलाई तीव्र
इलाममा ‘अन्डरडग’ दल निर्णायक बन्ने संकेत, ठूला दललाई चक्मा दिने दाउमा रास्वपा, राप्रपा र श्रम संस्कृति पार्टी
गणेश घिमिरे माघ १२, इलाम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा इलाममा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । परम्परागत ठूला
.png)






प्रतिकृया दिनुहोस