इलाम नगरपालिकाले विशेष कर छुटको व्यवस्था गर्ने, पारदर्शिता तथा जवाफदेहितालाई थप मजबुत बनाउन

गणेश घिमिरे
असार १५, इलाम 
इलाम नगरपालिकाले एकल महिलाको आर्थिक सशक्तीकरण तथा उद्यमशीलता प्रवद्र्धनका लागि विशेष कर छुटको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममा एकल महिलाको नाममा दर्ता भई सञ्चालन हुने व्यवसायलाई व्यवसाय करमा १० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको उल्लेख छ । नगरपालिकाले महिलालाई स्वरोजगार तथा उद्यमशीलतामा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैको निरन्तरतास्वरूप एकल महिलालाई व्यवसाय सञ्चालनमा प्रोत्साहन गर्ने उद्देश्यले कर छुटको व्यवस्था गरिएको जनाइएको छ । नगरपालिकाका अनुसार परिवारको आर्थिक जिम्मेवारी एक्लै वहन गरिरहेका महिलालाई व्यवसाय स्थापना तथा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस व्यवस्थाले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन मद्दत पुग्नुका साथै स्थानीय स्तरमा साना तथा घरेलु उद्योगको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । नगरपालिकाले आगामी दिनमा महिला लक्षित सीप विकास, उद्यमशीलता तालिम तथा सहुलियतपूर्ण कार्यक्रमहरू समेत सञ्चालन गर्ने नीति लिएको जनाएको छ । यता इलाम नगरपालिकाले सुशासन, पारदर्शिता तथा जवाफदेहितालाई थप मजबुत बनाउन नागरिक सन्तुष्टि सर्वेक्षणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ ।

नगरसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममा सेवा प्रवाहको गुणस्तर मापनका लागि नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने उल्लेख गरिएको छ । नगरपालिकाले सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण तथा गुनासो सुनुवाइ प्रणालीलाई थप प्रभावकारी बनाउँदै नागरिकबाट प्राप्त सुझाव र प्रतिक्रियालाई सेवा सुधारको आधार बनाउने जनाएको छ । स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न तथा सेवामा सुधार ल्याउन सर्वेक्षणलाई महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गरिने नगरपालिकाको योजना छ । नगरपालिकाका अनुसार विभिन्न शाखा तथा वडा कार्यालयबाट प्रदान गरिने सेवाप्रति नागरिकको सन्तुष्टि स्तर नियमित रूपमा मूल्याङ्कन गरिनेछ । सर्वेक्षणबाट प्राप्त नतिजाका आधारमा कमजोरी पहिचान गरी सुधारका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । नगरपालिकाले नागरिकमैत्री, पारदर्शी र उत्तरदायी स्थानीय सरकार निर्माणका लागि आधुनिक सुशासनका अभ्यासलाई संस्थागत गर्दै लैजाने लक्ष्य लिएको छ ।

प्रतिकृया दिनुहोस

बाढीपीडितका लागि इसाई समाज इलामबाट झण्डै साडे १० राहत सङ्कलन

गणेश घिमिरे भदौ २६, इलाम  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि इलामका इसाई समुदायले १० लाख ४८ हजार ५ सय १०

सहकारी क्षेत्रबाट भोटेकोशी बाढीपीडितका लागि ६ लाख ४० हजार राहत

गणेश घिमिरे भदौ २४, इलाम  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि इलामको सहकारी क्षेत्रले ६ लाख ४०

बाढीपीडितका लागि कांग्रेस इलामले संकलन गरयो ३ लाख ७१ हजार रुपैयाँ

गणेश घिमिरे भदौ १८, इलाम  गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना र