दक्षताले युवाहरुलाई सिप र रोजगारको अवसर सृजना गरायो
एकजनालाई ७० हजार खर्चेर होटल सम्बन्धिको तालिम उपलब्ध
गणेश घिमिरे
जेठ ११, इलाम
इलाममा पछिल्लो केही बर्षयता जिल्लाका प्रमुख बजार सहित बिभिन्न पर्यटकीय स्थलहरुमा ठूला ठूला होटलहरु खोलिने क्रम बढ्दो छ । गएको एक÷दुईबर्ष कोरोना महामारीले यो ब्यबसाय चौपट नै भयो । तर अहिले बिस्तारै होटल ब्यबसाय फस्टाउँदो क्रममा छ । ग्रामिण भेगमा पनि धमाधम होटलहरु खोलिने क्रम बढिरहेको छ । होटल खोलिने क्रम बढिरहँदा युवाहरुले पनि रोजगारीको अवसर पाइरहेका छन् । तर जिल्लाका बिभिन्न स्थानहरुमा लाखौं, करोडौं रुपैंयाँ लगानी गरेर खोलिएका होटलहरुमा काम गर्ने दक्ष जनशक्ति (कुक, वेटर) को अभाव भने सधै खड्कीने गरेको छ । जसले गर्दा सेवाग्राहीले उचित किसिमको सेवा सुबिधा पाउन सकिरहेका छन् ।
इलाम बजार, फिक्कल बजार पशुपतिनगर बजार, कन्याम जस्ता ठाउँमा खोलिएका केही ठूला होटलहरुमा दक्ष जनशक्ति रहेपनि त्यो पर्याप्त भने अझै हुन सकिरहेको छ । पर्यटन ब्यबसायमा सघाउ पुरयाउने मुख्य होटल होटल नै भएपनि होटलमा दक्ष जनशक्ति अभाव भइरहँदा यसले इलामको पर्यटन प्रबद्र्धन खासै टेवा दिन नसकेको पाइरहेको छ । होटलमा दक्ष जनशक्ति अभाव र बेरोजगार युवाको संख्या बढ्दौ क्रममा रहेपछि इलाम उद्योग बाणिज्य संघ इलामले युरोपियन यूनियनको सहयोगमा इलाम उद्योग बाणिज्य संघले दिगो रोजगारीको लागि सिप बिकास (दक्षता) परियोजना सञ्चालन गरेको छ । २० महिने यो परियोजना मार्फत होटल क्षेत्रमा आवश्यक पर्ने जनशक्तिलाई दक्ष बनाएर रोजगारीको सृजना दिलाउनु प्रमुख उद्येश्य रहेको थियो । यो परियोजनाको अवधि सकिएसंगै परियोजनाले ३ सय २० जनालाई होटलको बिभिन्न सात बिषयमा ३ सय ९० घण्टा प्राबिधिक ब्यबसायिक तालिम दिएको थियो । रत्नकुमार वान्तवा बहुप्राबिधि शिक्षालय (सिटिइभिटी) को प्राबिधिक सहयोगमा उपलब्ध गराइएको सो तालिममा एकजना प्रशिक्षार्थीलाई दक्ष बनाउनका लागि करीब ७० हजार रुपैंयाँसम्म खर्च भएको परियोजनाका दावातेञ्जि योल्मूले बताउनुभयो ।
उद्योग बाणिज्य संघ मार्फत सञ्चालित परियोजनाले तालिम दिएपछि तालिम लिएका केही बाहेक धेरैले आफूले सिकेको सिपलाई सदुपयोग गर्दै रोजगारीको अवसर समेत प्राप्त गरेको संघका अध्यक्ष इश्वर चिपालुले बताउनुभयो । होटल क्षेत्रमा दक्ष जनशक्तिको अभाव अझै पनि रहेको र तालिमको माग अझै आएकाले संघले अझै पनि यस किसिमको तालिम सञ्चालन गर्न पहल गर्दै सबैलाई सिप सिकाएर ब्यबसायिक बनाउन लागि पर्ने अध्यक्ष चिपालुले बताउनुभयो । दक्षता परियोजना सञ्चालनका लागि ३ करोड २३ लाख ९७ हजार ७ सय ८५ रुपैंयाँ बजेट रहेको थियो । बेरोजगारको समस्या समाधानका लागि यस किसिमको तालिम आवश्यक पर्ने होटल ब्यबसायीहरु बताउँछन् ।
परियोजनाको समापनमा गरीएको समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा इलाम नगरका मेयर केदार थापा, उपमेयर बिष्णु दाहाल लिम्बू, संघका पूर्व अध्यक्ष हिमालय कर्मचार्य, होटल ब्यबसायी सुरेन्द्र राई लगायतले ग्रामिण भेगमा पनि यस किसिमको तालिम हनुपर्ने जनाउँदै पर्यटन क्षेत्रलाई सघाउ पुरयाउन होटलको भूमिका महत्वपूर्ण हुने भएकाले जिल्लाका सबै पालिकाहरु एक भएर दिगो कार्ययोजना बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिममा सहभागिले तालिमले आफूहरुलाई दक्ष बनाएको र सिकेको सिपलाई कार्यन्वयन गर्ने प्रतिबद्धता जनाए ।
पोखरा सँग इलाम जोड्दै नाटा
कोशी र मधेश प्रदेशको पर्यटकीय स्थलहरुलाई गण्डकी प्रदेशको पर्यटकीय स्थलहरु सम्म जोड्ने पर्यटन प्याकेज तयार गर्ने तयारी शुरु भएको छ । नेपाल एशोसिएसन
काजी राई प्रथम हुँदा पूर्व अध्यक्ष लिम्बू र जिल्ला च्याम्पियन पौडेल उत्कृष्ट पाँचमै परेनन्
गणेश घिमिरे इलाम सदरमुकाममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । इलाम उद्योग बाणिज्य संघ र होटल ब्यबसायि संघ इलामले
चेस खेलमा होटल ब्यबसायि संघको चासो, शुक्रबार जिल्ला स्तरीय प्रतियोगिता
गणेश घिमिरे मंसिर ६, इलाम इलाममा चेस (बुद्धिचाल) खेलको बिकास संगै यस खेलप्रति खेलाडीको आकर्षण बढाउन होटल ब्यबसायि संघ इलामले पनि चासो देखाएको छ ।
प्रतिकृया दिनुहोस