हचुवाको भरमा खेती नै नहुने ठाउँमा किबीको लागि बर्षेनी बजेट बिनीयोजन

गणेश घिमिरे
असोज ३०, इलाम 
नेपालको सन्दर्भमा १२ सय देखि २४ सय मिटरसम्मको उचाईमा किवी फलको खेती गर्न सकिन्छ । यो फल चिसो हावापानीमा राम्रो हुन्छ । किवी फलको नयाँ पालुवा पलाउनको लागि चिसो तापक्रम हुनुपर्दछ । हिउँद महिनामा औषत न्यूनतम तापक्रम १३ देखि १४ डिग्री सेल्सियस र औषत अधिकतम तापक्रम १३ देखि २५ डिग्री सेल्सियस किवी खेतीको लागि उपयुक्त मानिन्छ । यी सामान्य ज्ञान समेत नहुँदा कृषि तथा पशुपंक्षि बिकास मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन एकाई केन्द्रिय कार्यालयले हचुवाको भरमा किबि खेती नै नहुने ठाउँमा बजेट बिनीयोजन गरेको पाइएको छ ।                                             

एकाईले इलामको माई नगरपालिकामा किबि पकेट बिकास कार्यक्रमका लागि चालु आर्थिक बर्षमा बजेट बिनीयोजन गरेको हो । जबकि माई नगरपालिका ६ सय देखि १२ सय मिटरको उचाइमा पर्दछ । एकाई केन्द्रिय कार्यालयले चालु आर्थिक बर्षमा ६ लाख बजेट बिनीयोजन गरेको छ । गत आर्थिक बर्षमा पनि ६ लाख बजेट नै बिनीयोजन गरेको थियो । तर उक्त बजेट फ्रिज भएको छ । अघिल्लो आवमा पनि बजेट बिनीयोजन गरेको परियोजना एकाई इलामका कृषि प्राबिधिक झलनाथ खतिवडाले बताउनुभयो । चालु आवमा पनि बिनीयोजन भएको बजेट फ्रिज हुने निश्चित छ । एकाईले सोझै पालिकामा बजेट उपलब्ध गराउँदै आएको छ । इलाममा किबी जोन कार्यक्रम भने सञ्चालनमा छ । जोन कार्यक्रम इलाम नगरपालिकाको १,२, ३ र ४ नम्बर वडा र सन्दकपुर गाउँपालिकाका सबै ६ वटा वडामा सञ्चालित छ । यो ठाउँ किबि खेतीका उपयुक्त छ । यहाँका अधिकाँश कृषकहरु ब्यबसायीक खेतीमा आबद्ध छन् । तर काठमाडौंमा बसेर इलामको भूगोलको बारेमा जानकारी नै नलिइ किबि खेती नै नहुने ठाउँमा बजेट बिनीयोजन गरिनु लज्जाको बिषय बनेको छ । गतबर्ष पनि माई नगरपालिकामा पकेट बिकास कार्यक्रमबाट किबि खेतीका लागि बजेट बिनीयोजन भएपछि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन एकाई इलामले स्थलगत अध्ययन गरेर माइ नगरपालिका किबि खेतीको लागि उपयुक्त नभएको भनेर परियोजनाको केन्द्रिय कार्यालयमा रिपोटीङ गरेपनि पुन सोही शिर्षकको कार्यक्रमलाई निरन्तरता दिएर पुन बजेट आउँदा एकाइ इलाम शाखा पनि अचम्ममा परेको छ ।                                         

यता माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूले पनि परियोजनाले अध्ययनै नगरी किबि खेतीका लागि बजेट हालेको छ, जबकि यस पालिकामा किबि खेती नै हुँदैन, के को आधारमा बजेट हालेको हो आफूहरुलाई केही थाहा नभएको बताउनुभयो । यस्तै परियोजनाले किबि जोन चलाइरहेको इलाम नगरपालिकाको १,२, ३ र ४ नम्बर वडा र सन्दकपुर गाउँपालिकामा बिकि खेतीकै लागि पकेट बिकास कार्यक्रम अन्तर्गत पालिकामा बजेट उपलब्ध गराएको छ । यसरी हचुवाको भरमा खेती नहुने ठाउँमा बजेट हाल्नु, अनि कार्यक्रम संचालन भइरहेको ठाउँमा त्यहि खेतीका लागि अर्को शिर्षकबाट बजेट हालेर काम गर्न गर्न खोज्नु कत्तिको सान्दर्भिक हुन्छ । यस्ता बिषयमा गम्भिर बन्नुपर्छ । 

प्रतिकृया दिनुहोस

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे असार २७, इलाम      इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय

इलाम नगरको पहलमा साँखेजुङ्गमा प्राङ्गरीक मल उत्पादनको तयारी

गणेश घिमिरे असार २१, इलाम  कोशि प्रदेश सरकारको सहयोगमा इलाम नगरपालिकाको एक सहकारीले प्राङ्गरीक मल उत्पादनको तयारी थालेको छ । खेतीबालीमा रसायनीक

इलाममा रैथाने बालीको परिकारको प्रदर्शनी 

गणेश घिमिरे असार ११, इलाम      रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुँदा त्यस्ता बालीहरुको