सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले ६ वटा उपसमिति गठन

गणेश घिमिरे
मंसिर २१, इलाम 
इलाम नगरपालिकालाई कार्यक्षेत्र बनाएर सहकारीको क्षेत्रमा काम गर्दै आएको सुनगाभा बच तथा ऋण सहकारी सहकारी इलामले संस्थाको उप समिति गठन गरीएको छ । केही समयअघि मात्र सम्पन्न संस्थाको २२ औं साधारण सभा एवं नवौं अधिबेशनबाट सञ्चालक समिति चयन गरेपछि पुरानो ६ वटा उपसमिति बिगठन भएको थियो । सोही उपसमितिको आज संस्थाले गठन गरको हो । सञ्चालक समितिको आज बसेको बैठकले उपसमितिलाई गठन गरेको हो ।

संस्थाका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा बसेको बैठकले ऋण अनुगमन उपसमितिको संयोजकमा संस्थाका उपाध्यक्ष चन्द्रमणि भटटराईलाई चयन गरेको छ । जसको सदस्यहरुमा सबिता पाण्डे र बिक्रम श्रेष्ठ रहनु भएको छ । संस्थाका सचिब जीवन कोइरालाको संयोजकत्वमा धितो मूल्याङ्कन उपसमिति चयन गरेको छ । जसको सदस्यमा गणश घिमिरेलाई चयन गरेको छ । यस्तै संस्थाका कोषाध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा ऋण स्विकृत उपसमिति चयन गरेको छ । जसको सदस्यमा उत्तम ताम्राकार र मन्दिरा गौली रहनु भएको छ । यस्तै अम्बिका कार्कीको संयोजकत्वमा महिला उद्यमशीलता बिकास उपसमिति चयन गरेको छ । जसको सदस्यहरुमा गंगा खड्का महत, सन्जु भटटराई रहनु भएको छ । शुभद्रा देवानको संयोजकत्वमा सदस्यता बृद्धि उपसमिति चयन गरीएको छ । जसको सदस्यहरुमा सबिता राई, पबित्रादेवी घिमिरे र भिम संग्रौला हुनुन्छ भने सुमन दासको संयोजकत्वमा सहकारी शिक्षा उपसमिति चयन गरीएको छ । जसको सदस्यहरुमा मनोज कोइराला, प्रजिना गुरागाइँ रहनु भएको छ । यी सबै उपसमितिको सदस्य सचिबमा संस्थाका ब्यबस्थापक भुवन सुबेदी रहनु भएको छ । आगामी दिनमा उपसमितीले गर्नुपर्ने काम कर्तब्यको बारेमा तत्काल तालिम दिइने संस्थाले जनाएको छ । संस्थामा हाल २१ सयभन्दा बढि शेयर सदस्य रहेका छन् । जिल्लामै नमुना सहकारी बन्दै गएको सुनगाभाले शेयर सदस्यको हितमा बिभिन्न किसिमका सेवा सुबिधाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सेतीदेवीको साधारण सभामा बिभिन्न बिधामा उत्कृष्ट सदस्यलाई सम्मान

गणेश घिमिरे पुष २७, इलाम  सेतीदेवी बहुउद्येश्यिय सहकारी संस्था इलामको २७ औं बार्षिक साधारण सभा सदरमुकाममा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन

बिभिन्न आरोह अबरोह पार गर्दै शताब्दी सहकारीको २५ बर्ष पूरा, मेयर÷पूर्व उपमेयर र पूर्व अध्यक्ष्यलाई बिशिष्ठ सम्मान

गणेश घिमिरे पुष २७, इलाम  बिभिन्न आरोह अबरोह पार गर्दै शताब्दी बचत तथा ऋण सहकारी संस्था इलामले आफनो २५ औं बर्षगाठ (रजत जयन्ती) मनाएको छ । रजत जयन्ती

सहयात्रालाई नगरपालिकाले दुईलाख सम्म सहयोग गर्ने

गणेश घिमिरे पुष २२, इलाम  सहयात्रा नेपाल, इलामको १० औं बार्षिक साधारण सभा इलाम सदरमुकममा सोमबार सम्पन्न भएको छ । हेमकुमारी (गंगा) शिबाको अध्यक्षता एवं