७ नम्बर वडाका वडाध्यक्ष नरेश श्रेष्ठको सक्रियतामा माईखोलामा शबदाह गृह निर्माण गर्न दशलाख बिनीयोजन 

गणेश घिमिरे
कात्तिक १५, इलाम 
इलाम नगरपालिकाको वडा नम्बर ९ र वडा नम्बर १० को बीच भएर बग्ने माईखोला स्थित राजदुवाली घाटमा ब्यबस्थित रुपमा शव जलाउने शबदाह गृह ९घाट० नहुँदा शब जलाउन समस्या हुँदै आएको छ । माईखोलामा इलाम नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९ र १० र माइ नगरपालिकाको केही स्थानबाट शबहरु ल्याएर जलाइँदै आएको छ । तर त्यहाँ ब्यबस्थित घाटको अभावमा शब जलाउन कठिनाई हुँदै आएको थियो । त्यहाँ बिगत केहीबर्ष अघि निर्माण गरीएको शबदाह गृह बाढीले बगाएपछि झन् समस्या हुँदै आएको थियो । खोलामा घाट बनाउन सरोकारवालाले चासो नदिएकै कारण शव जलाउन समस्या हुँदै आएको हो ।

व्यवस्थित घाट नहुँदा दैनिक औसत १÷२ वटा शव जलाउन प्रयोग गरिएको दाउरा, खरानी, अँगार र अन्य फोहोर यत्रतत्र देखिन्छ । जसले खोलाको किनार प्रदूषित भई वातावरण र जनस्वास्थ्यमा असर पर्दै आएको स्थानीयको गुनासो छ । त्यसैलाई मध्यनजर गरेर माईखोला स्थित राजदुवाली घाटमा अब ब्यबस्थित शबदाह गृह ९घाट० निर्माण हुने भएको छ । व्यवस्थित घाट निर्माणका लागि इलाम नगरपालिका वडा नम्बर ७ र वडाध्यक्ष नरेश श्रेष्ठको सक्रियतामा अघि बढाएको हो । वडा नम्बर ७ ले सदरमुकामको ठूलो टुडिखेल स्टेडियम निर्माणका लागि बिनीयोजन गरेको दशलाख रुपैंयाँ बजेटलाई रकमान्तर गरेर राजदुवालीमा घाट निर्माणमा लगानी गर्ने भएको हो । टुडिखेलको स्टेडियम निर्माणमा तीनै तहको सरकारले लगानी गर्दै जाने भएकाले वडाले त्यसका लागि बिनीयोजन गरेको बजेट रकमान्तर गरेर जनताको सबैभन्दा बढी आवश्यक रुपमा खड्कीएको ब्यबस्थित घाट निर्माणमा लगानी गर्ने निर्णय वडा समितिबाट गरेको वडाध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रकमान्तर गरीएको बजेट कार्यपालिका बैठकबाट पास समेत भइसकेको छ ।  अब तत्काल शबदाह गृह निर्माणका लागि उचित ठाउँ हेरेर प्राबिधिकबाट डिपिआर गराई निर्माणको काम थालिने बताइएको छ ।

निर्माणको क्रममा बजेट अभाव भएमा दाताहरु खेजिने तथा अर्को आर्थिक बर्षमा नगरपालिकाबाट बजेट बिनीयोजन गराइने वडाध्यक्ष श्रेष्ठको भनाई छ । शबदाह गृह निर्माणका लागि उपभोक्ता समिति समेत गठन गरीएको छ ।  शबदाह गृह निर्माण गर्न वडा नम्बर ६, ८, ९ र १० नमबर वडाका जनप्रतिनिधिसंग समन्वय गरेर अघि बढाइने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

चुलाचुली च्याम्पियन्स लिग साउन १२ गतेबाट , लिग च्याम्पियनले एकलाख पाउने

गणेश घिमिरे साउन १०, इलाम  पालिकाभित्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्येश्यले इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली च्याम्पियन्स लिग

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे असार २७, इलाम      इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय

इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो 

गणेश घिमिरे असार २७, इलाम      इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता