माग पूरा नगरेको भन्दै स्थानीयद्धारा  जलविद्युत् आयोजनाको उत्पादन बन्द

गणेश घिमिरे
पुष १०, इलाम    
    आफूहरूका माग पूरा नगरेको भन्दै स्थानीयले इलामको माइखोलास्थित सुपरमाई जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङ र इलाम नगरपालिका–२ सुम्बेक बीचको माइखोलामा निर्मित आयोजनाको उत्पादन सोमबार रातीबाट बन्द गराएका हुन् । प्रभावित क्षेत्र माइजोगमाई–५ का बासिन्दाले आयोजनाको उत्पादन बन्द गराएको स्थानीय सुमन बेघा लिम्बूले जानकारी दिनुभयो ।         

स्थानीयले ७ दशमलव ८ मेगावाट आयोजनाको पावर हाउस गेटमै तालाबन्दी गरेका छन् । आयोजनाले पूर्वसहमति पालना नगरेको र पटक–पटक माग पूरा गराउन आग्रह गर्दा पनि माग पूरा नभएको बेघाको भनाई छ । सिम्ले हुँदै अल्लेखोल्सी–साठीमुरे–प्याङ सडकमा ३० घन्टा एक्स्काभेटर लगाइदिने सहमति पालना हुनुपर्ने र यो सडकमा ३० वर्षसम्मै मर्मतमा सहयोग गर्नुपर्ने, पूर्णज्योति आधारभूत विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुपर्ने र आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग छन् । माइखोलामा सेभेन साइटको फुटबल मैदान निर्माणमा आयोजनाले एक्स्काभेटर लगाइदिनुपर्ने र खोलामा सरकारसँगको सम्झौता अनुसारको पानी छाड्नुपर्ने माग आफूहरूको रहेको बताइएको छ ।                                     

माग पूरा नभएसम्म आयोजना चल्न नदिने स्थानीयको अडान छ । आयोजनाले पूर्वसहमति पालना गर्न बेवास्ता गरिएपछि उत्पादन बन्द गर्न बाध्य भएको स्थानीय बताउँछन् । आयोजनाले भने एउटा माग पूरा गर्ने सहमति भएपछि अर्काे माग राखिएको जनाएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार बर्ताैलाले स्थानीयले वडाको सिफारिसमा उल्लेख गरेका माग आफूहरूले पूरा गर्ने बताउनुभयो । स्थानीयले माइजोगमाई वडा ५ को सिफारिसमा उल्लेख गरी ल्याएको सडकमा ३० घन्टा एक्स्काभेटर लगाउन आयोजनाले सहमति जनाइसकेको सो सहमति पालना गर्ने बर्तौलाको भनाई छ । तर, स्थानीयले थप अरू माग लिएर आएको जनाउँदै उहाँले विद्युत् आयोजनाले कुनै सडक ३० वर्षसम्म मर्मत गर्न सम्भव नहुने उल्लेख गर्नुभयो 
 

प्रतिकृया दिनुहोस

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे असार २७, इलाम      इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय

इलाम नगरको पहलमा साँखेजुङ्गमा प्राङ्गरीक मल उत्पादनको तयारी

गणेश घिमिरे असार २१, इलाम  कोशि प्रदेश सरकारको सहयोगमा इलाम नगरपालिकाको एक सहकारीले प्राङ्गरीक मल उत्पादनको तयारी थालेको छ । खेतीबालीमा रसायनीक

इलाममा रैथाने बालीको परिकारको प्रदर्शनी 

गणेश घिमिरे असार ११, इलाम      रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुँदा त्यस्ता बालीहरुको