नेपाल लोकतन्त्रबादी आदिबासि जनजाती महासंघको इलाम नगरमा मनोज, प्रदेशमा मोहन

गणेश घिमिरे
माघ २८, इलाम 
नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रबादी आदिबासि जनजाती महासंघको इलाम नगर कमिटि र प्रदेश २ (क) को कार्य समिति गठन सदरमुकाममा आज (आइतबार) सम्पन्न भएको छ । मनोज लाप्चाको अध्यक्ष्तामा २१ सदस्यिय महासंघको नगर कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा तीर्थ एक्तेन, सचिबद्धयमा अन्जु शेर्पा र सुबास राई, सहसचिबद्धयमा उमेश सेलिङ र भिमकुमारी लिम्बू तथा कोषाध्यक्षमा बिनादेवी लिम्बू रहनुभएको छ ।

यस्तै सदस्यहरुमा दावा तामाङ, सुरेन्द्र साङपाङ, नरेश गुरुङ, टिका एक्तेन लगायत रहनु भएको छ । यस्तै महासंघको इलाम क्षेत्र नम्बर २ को प्रदेश २ (क) को कमिटि पनि गठन भएको छ । मोहन गुरुङ्गको अध्यक्षतामा १५ सदस्यिय कमिटि गठन भएको हो ।  जसको उपाध्यक्षद्धयमा दिलिप राई र पूर्णबहादुर राई, सचिबद्धयमा सुरेन राई र टंक गुरुङ्ग रहनु भएको छ । सहसचिब र कोषाध्यक्ष मनोनित गर्ने बताइएको छ । यस्तै सदस्यहरुमा मुनु खवास, डम्बर भुजेल, कमला मगर लगात रहनु भएको छ । दुबै कमिटिका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण पनि सम्पन्न भएको छ । नेपाली काँग्रेस इलामका पूर्व सभापति हिमालय कर्मचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका उपसभापति खगेन्द्र देवान, सहसचिब देवेन्द्र सुवेदी, जिल्ला सदस्यहरु लक्ष्मण पाण्डे, डालाकुमारी बिष्ट, होम बस्नेत, नगर सभापति तीर्थ गुरुङ्ग, वडाध्यक्षहरु नुतनदेव दुलाल, दलमान तामाङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

 कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय

इलाममा पनि राप्रपाको नविन राप्रपा अभियान

गणेश घिमिरे असोज १५, इलाम  राष्ट्रिय राजनीतिमा एउटा इतिहास बोकेको पार्टी हो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) । तर पछिल्लो समयमा यो पार्टी

गृह जिल्ला आउँदा सुबास नेम्वाङका छोरा सुहाङको राजनीतिमा आउने संकेत, एमालेले नेम्वाङको स्मृतिमा पार्क र प्रतिमा बनाउने

गणेश घिमिरे असोज २, इलाम । संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख स्वर्गिय सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङले गृह जिल्ला इलाम आएर राजनीतिमा