जलबिद्युत आयोजनाले खोलामा पानी छाडेन, स्थानीयले फर्काए खोलामा पानी

गणेश घिमिरे
फागुन २०, इलाम  

जलबिद्युत आयोजनाले खोलामा छाड्नुपर्ने आवश्यक पानी नछाडेपछि इलाम नगरपालिकाका तीन वडाका बासिन्दाले आयोजनाको बिरोध जनाउँदै आयोजनाले लगेको पानी खोलामा फर्काएका छन् ।  पुवाखोला जलबिद्युत आयोजनाको पावर हाउसबाट निस्केको पानीलाई समेत खोलामा नछाडेर बाँध बानेर अर्को आयोजनामा लगेको तथा हिमाल दोलखा जलबिद्युत आयोजनाले खोलामा छाड्नुपर्ने १० प्रतिशत पानी समेत नछाडेपछि स्थानीय आक्रोशित बन्दै आयोजनाले लगेको पानी खोलामा फर्काएका हुन् ।     इलाम नगरपालिका ८, ९ र १० नम्बर वडाका जनप्रतिनिधि सहित तीन वडाका बासिहरु आयोजना स्थलमा गएर खोलामा पानी फर्काएका हुन् ।

पुवाखोला जलबिद्युत आयोजनाको पावर हाउसबाट निस्केको पानीलाई समेत हिमाल दोलखा जलबिद्युत आयोजनाले लगेपछि वडाबासिले उक्त पानी माइखोलामा हालेका छन् । जलविद्युत् आयोजनाले न्यूनतम १० प्रतिशत पानी खोलामै छाड्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर यहाँ यस्तो कानुन कार्यान्वयन कार्यन्वयन बर्षौदेखि नगरेपछि खोलामा पानी फर्काउन बाध्य भएको  इलाम नगरपालिका ९ का वडाध्यक्ष गोपाल चौहानले बताउनुभयो । ‘आयोजनाले स्थानीय जनताको सहमति बिना, आइइ बिना, सार्वजनिक सुनुवाई बेगर खोलामा बाँध बानेर पानी लगेको छ’ वडाध्यक्ष चौहानले भन्नुभयो– ‘खोलामा पानी नभएपछि जैबिक बिबिधतादेखि सिंचाइंको अभाव एवं दाहासंस्कारका लागि समेत पानीको अभाव भएपछि अब जसरी पनि खोलामा पानी फर्काउनुपर्छ भनेर जनप्रतिनिधि सहित स्थानीय लागि परेर पानी खोलामा फर्काएका हौंं ।’                                         

हिमाल दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना संचालन गरिरहेको छ । माई खोला स्मल हाइड्रोपावरको क्षमता ४ दशमलव ५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ । आयोजनाले खोलामा आवश्यक पानी नछाड्दा जैबिक बिबिधतामा असर परेको तथा मान्छे मर्दा खरानी बगाउने पानी समेत नहुँदा खोलामा पानी फर्काएका हुन् । यदि आयोजनाले बल प्रयोग गरेर फेरी बाँध बाँधेर पानी फर्काउने कोशिष गरेर डयामै तोडफोड गरेर खोलामा पानी फर्काएरै छाड्ने स्थानीय चन्द्र पाठकले चेतावनी दिनुभयो । पावर हाउसबाट निस्केको पानी खोलामै छाड्न आयोजनालाई र सम्झौता अनुसारको पानी छोडाउनका लागि सम्बन्धित निकाय जिल्ला प्रशासन लगायतलाई आग्रह गर्दापनि बेवास्ता गरेको वडा नम्बर ८ का वडाध्यक्ष दलमान तामाङको भनाई छ ।             

आयोजनाले पावर हाउसबाट निस्केको पानी लिफ्टीङ गरेर लगेको पानी फर्काएका हुन् । यस बिषयमा सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउँदा समेत समबन्धित निकायले जनता को हुन ? भन्ने जवाफ आएको कारणले जनता सर्वोच्च निकाय हो, जनताले चाहे सबै कुरा हुन्छ भन्ने देखाउन र खोलाको पानी संरक्षणका लागि परेको  इलाम नगरपालिका १० का वडाध्यक्ष दिलिप प्रधानले बताउनुभयो । आयोजनाले माइखोला राजदुवाली छेउको इन्टेकमार्फत क्यानलमा पानी लगाएर चिसापानी राँगापानीमा बनेको विद्युत् गृहमा पु¥याएको छ । माइखोला इलाम नगरपालिका वडा नम्बर ६, ७, ८, ९ र १० का बासिले दाहसंस्कार गर्ने घाट समेत हो । तर जलविद्युत् आयोजनाले खोलामा छाड्नुपर्ने १० प्रतिशत पानी समेत नछाडेर सबै प्रयोग गरेपछि यहाँ दाहासंस्कारका लागि समेत पानीको अभाव हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

चुलाचुली च्याम्पियन्स लिग साउन १२ गतेबाट , लिग च्याम्पियनले एकलाख पाउने

गणेश घिमिरे साउन १०, इलाम  पालिकाभित्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्येश्यले इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली च्याम्पियन्स लिग

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे असार २७, इलाम      इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय

इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो 

गणेश घिमिरे असार २७, इलाम      इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता