नारी दिवसमा इलाममा सम्मान


गणेश घिमिरे
फागुन २५, इलाम 
शुक्रबार १ सय १४ औँ अन्तर्राष्ट्रिय नारि दिवस । इलाम सहित देशभर बिभिन्न कार्यक्रम गरी मनाइयो । इलाममा पनि बिभिद कार्यक्रम भएका छन् । इलाम नगरपालिकामा इलाम नगर महिला समन्वय समिति इलामले दिवसको अवसरमा ६ जना महिलाहरुलाई सम्मान गरेको छ । पूष्पा खनालको अध्यक्षता एवं इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्र, उद्यमि, सामाजिक लगायतको क्षेत्रमा योगदान पुरयाउने कल्पना ओली, उषा निरौला, दिपा आचार्य ढकाल, माया भटटराई, सिला कुमारी राई र मन कुमारी मुखियालाई सम्मान गरेको हो । कार्यक्रम हुनुपूर्व ठूलो टुडिखेलबाट रयाली निकालिएको थियो ।

हरेक बर्ष मार्च ८ मा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउदै आइएको छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि हुने श्रमशोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै  हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आएको छ ।
 

प्रतिकृया दिनुहोस

बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत

गणेश घिमिरे असोज २१, इलाम  नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ

इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै

गणेश घिमिरे असोज १६, इलाम  नेपालीहरुको महान पर्व दशैं तिहारजस्ता चाडपर्व नजिकिएसंगै इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै गएका छन् ।

फूटबल प्रतियोगितामा खेलाडी बीमा गर्न आयोजलाई फूटबल संघको आव्हान, बीमा नगरिएको प्रतियोगिता नखेल्न खेलाडीलाई आग्रह

गणेश घिमिर असोज १५, इलाम  नेपालीहरुको महान पर्व बिजयदशमि नजिकिँदै गर्दा इलामका गाउँ गाउँमा फूटबल प्रतियोगिताहरु सुरु भइसकेको छ भने कतै सुरु हुने