पूर्वाञ्चलमै तेस्रो अठार पूराणको आयोजना गरीदैं, पचास हजार भक्तजन भित्रयाउने लक्ष्य

गणेश घिमिरे
फागुन २७, इलाम 
    इलाम नगरपालिका ६ र ८ नम्बर वडाको संगम स्थल सिङगफ्रिङ्गमा अठार पुराण समापन एवं इलाम धार्मिक महोत्सवको आयोजना हुन लागेको छ । सिङफ्रिङस्थित सिंह–सिद्ध देवी तथा देवी पाञ्चायन मन्दिर परिसरमा १८ पुराण समापन एवं इलाम धार्मिक महोत्सव–२०८० आयोजना गरिन लागेको हो । आउँदो चैत १ देखि ९ गतेसम्म १८ पुराण अन्तर्गत श्री स्कन्ध पुराण आयोजना गरिने भएको छ । सत्रवटा पुराण सकिएसंगै पूर्वाञ्चलमै अठार पुराण समापन गर्ने इलाम पहिलो हुनेछ भने नेपालकै सातौ हुने घोषणा गर्ने गरी आयोजक लागेको छ । यसअघि पूर्वाञ्चनको झापाको अर्जुनधारा र सुनसरीको धरान बराहक्षेत्रमा अठार पुराण सम्पन्न भइसकेको पुराण मूल आयोजक समितिका संयोजक सन्दिप कुमार बुढाथोकीले बताउनुभयो । इलाममा हुन लागेको पुराणमा चर्चित भागवत मञ्जरी राधिका दासीबाट कथा वाचन हुनेछ । पुराणमा बिशिष्ट किराँत धर्मगुरुबाट मुन्धुम र बौध धर्मगुरुबाट दोमाङ्ग पाठ समेत हुनेछ भने १७ वटा पुराणको पाठ पारायण समेत हुनेछ ।

विगत वर्षहरूमा इलाम जिल्लाका विभिन्न शक्ति पीठमा १७ पुराण सफलतापूर्वक पाठ एवं वाचन सम्पन्न गरिएको थियो । यस धार्मिक महोत्सवबाट आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई इलाममा आकर्षित गरी सिङ्गो इलामको विकास गर्ने लक्ष्य लिइएको छ । पुराण सम्पन्न गर्न एक मूल आयोजक समिति सहित ४३ वटा उपसमिति गठन गरीएको छ । पुराण हुने स्थललाई अहिले बेहुली झैं सिंगारीएको छ । यस्तै मन्दिर परिसरमा ३५ फिट अग्लो त्रिशुल समेत राखिएको छ । पुराण सम्पन्न गर्न ६२ लाख रुपैंयाँसम्म खर्च हुने र एक करोड संकलन हुने अनुमान आयोजकको छ । यो रकम सबै भक्तजन र एवं दाताहरुबाट संकलन हुने अपेक्षा रहेको छ । पुराणमा ३० देखि ५० हजारसम्म भक्तजन उपस्थित हुने अपेक्षा आयोजकले लिएको छ । पुराणबाट उठेको रकमबाट सम्पूर्ण खर्च कटाएर पुराण आयोजना भएको प्राङ्गण एवं मन्दिर परिसरमा बहुभाषिक, बहुसांस्कृतिक धार्मिक संग्राहलय बनाउने उद्येश्य आयोजकले राखेको छ । यता पुराणलाई सफल बनाउन अहिले सोहि वडाबासि मात्रै नभएर सिंगो इलामबासि नै लागि परेका छन् । पुराण स्थलमा हाल मण्डप निर्माणदेखि लिएर हरेक कामहरु ८० प्रतिशत सम्पन्न भइसकेको बताइएको छ । पुराणको उद्घाटनमा कलशयात्रा निकालिनेछ । 
 

प्रतिकृया दिनुहोस

चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना हो ः महामन्त्री थापा

गणेश घिमिरे बैशाख ८, इलाम      नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना रहेको बिचार प्रकट

सुहाङसंग फाइनल म्याच खेल्दै खड्का

गणेश घिमिरे बैशाख ४, इलाम  इलाम २ मा बैशाख १५ गते हुने उपचुनाव संघारमा छ । यो चुनावमा पनि बिगतमा जस्तै काँग्रेस र एमालेलाई मुख्य प्रतिष्पर्धीको रुपमा

मतदाताले उम्मेद्धार खड्कालाई भने – ‘तपाइले जितेमात्र यो क्षेत्रको बिकास हुन्छ’ 

गणेश घिमिरे चैत २७, इलाम इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा यतिखेर उम्मेद्धारहरु गाउँ गाउँमा पुगेका छन् । शहरी क्षेत्रमा