इलाममा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

गणेश घिमिरे
चैत २०, इलाम 
इलाममा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । दिवसको अवसरमा जिल्लाभरका सहकारकिर्मीहरु भेला भएर प्रभात फेरी निकालिएको थियो । प्रभातफेरी पश्चात गौतम बुद्ध सभा गृहमा भएको कार्यक्रममा इलाम नगरपालिकाका मेयर केदार थापाले सदस्यहरुले सहकारी हाम्रो हो, सहकारीप्रति हाम्रो कर्तव्य छ भन्ने कुरा सदस्यले बुझ्न सके कुनै पनि हालतमा सहकारीहरु नडुब्ने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश खड्का, नगरपालिकका प्रबक्ता नुतनदेव दुलाल लगायत बिभिन्न बिषयगत सहकारी प्रमुख एवं प्रतिनिधिले  सदस्यहरुले सहकारीका बारेमा जानकारी लिएर सहकारी प्रति विस्वास राखे कुनै पनि बाह्य शक्तिले सहकारीलाई कमजोर पार्न नसक्ने बताउनुभयो । यस्तै जिल्ला सहकारी संघका अध्यक्ष लिला थापाले पछिल्लो समयदशेका बिभिन्न ठाउँमा सहकारीका बारेमा फैलिएको नकारात्मक धारणाले यहाँका सहकारीहरु पनि ग्रसित हुन पुगेको बताउनुभयो । विराटनगर, काठमाण्डौ, पोखरा लगायतका ठुला शहरहरुका सहकारीहरु समस्याग्रस्त छन । त्यहाँका सहकारीहरुले गरेको गल्तिले इलामको सहकारीमा समस्या परेको उल्लेख गर्नुभयो । उहाँले इलामका सहकारीहरु अहिले सम्म बद्नाम नभएको बताउनुभयो । सोहि कार्यक्रममा बिभिन्न पालिकाबाट उत्कृष्ट भएका १३ वटा सहकारी संस्थालाई पुरस्कृत गरिएको जिल्ला सहकारी संघका सचिब मोहन बिष्टले जानकारी दिनुभयो । जिल्लामा संघमा दर्ता भएका २ सय ४० सहकारी छन् भने त्यसमा ८५ हजार सदस्य आवद्ध रहेका छन् । 

प्रतिकृया दिनुहोस

बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत

गणेश घिमिरे असोज २१, इलाम  नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ

इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै

गणेश घिमिरे असोज १६, इलाम  नेपालीहरुको महान पर्व दशैं तिहारजस्ता चाडपर्व नजिकिएसंगै इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै गएका छन् ।

फूटबल प्रतियोगितामा खेलाडी बीमा गर्न आयोजलाई फूटबल संघको आव्हान, बीमा नगरिएको प्रतियोगिता नखेल्न खेलाडीलाई आग्रह

गणेश घिमिर असोज १५, इलाम  नेपालीहरुको महान पर्व बिजयदशमि नजिकिँदै गर्दा इलामका गाउँ गाउँमा फूटबल प्रतियोगिताहरु सुरु भइसकेको छ भने कतै सुरु हुने