एकै मञ्चबाट नेताको उद्घोष–काँग्रेसलाई जिताउन एक भएर लागेका छौं

इलाम, चैत २६
उपनिर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली काँग्रेस कार्यकर्ता सहित इलाम जिल्ला स्तरका शिर्ष नेताहरु एकैसाथ चुनावी अभियानमा होमिएका छन् । अभियानका क्रममा पार्टीका केन्द्रिय स्तरका नेताहरु समेत चुनावी अभियानमा सक्रिय भएका छन् । यसैक्रममा आज इलामको देउमाइ नगरपालिकाको शान्तिडाँडा सहित बिभिन्न स्थानमा चुनावी अभियान कार्यक्रम सम्पन्न भएको छ । सो क्रममा पार्टीका केन्द्रिय उपसभापति धनराज गुरुङ्ग, केन्द्रिय सदस्य नैनसिंह महर लगायतका नेताले पार्टीभित्रका अन्तरद्धन्दहरु सबै मेटीएको जनाउँदै यसपटक काँग्रेसले चुनाव जित्नेगरी एक भएर लागेको बताउनु भएको छ ।

कार्यक्रममा उम्मेद्धार डम्बर खड्का सहित महासमिति सदस्य भेषराज आचार्य लगायतले यस पटकको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन एक भएर लागेको बताउनुभयो । अभियानमा पार्टीका पूर्व जिल्ला सभापतिहरु केशब थापा, हिमालय कर्मचार्य सहित जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहको थियो । चुनावी अभियानमा जिल्ला स्तरका नेताहरु एक भएर एकै मञ्चमा देखेपछि कार्यकर्ताहरु समेत हर्षित बन्दै यस पटकको निर्वाचनमा जसरी पनि काँग्रेसलाई जिताउने गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिकृया दिनुहोस

इलाममा होलि पर्वको रौनक 

गणेश घिमिरे फागुन २९, इलाम  फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (बिहीबार) इलाम सहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका

नेपथ्य पछि करफोकमा गुञ्जदै कन्दरा 

गणेश घिमिरे  माघ २७, इलाम      धुप्पि, सल्लाघारी र चियाबारीले घेरीएको रमणीय स्थल इलाम सूर्योदय नगरपालिकाको करफोकमा कन्दरा गुञ्जिने भएको छ ।

सिमल गोलाईबाट तिल्केनी सम्मको सडक स्तरोन्नतीका लागि पाँच करोड बजेट

गणेश घिमिरे माघ २६, इलाम  मेची राजमार्गको माइखोला–भन्ज्याङ्ग सडक खण्ड जोखिमपूर्ण भइ यातायात सम्पर्क टुट्ने अवस्था आएपछि राजमार्ग र बैकल्पिक