१३ बर्ष मुनिको फूटबल छनौटमा इलामबाट ६२ खेलाडी छानिए

गणेश घिमिरे
चैत २६, इलाम 
इलामबाट उमेर समूहका खेलाडीहरु छनौट गरीएको छ । उमेर समूहका खेलाडीलाई एकाडेमीमा राख्दै एन्फा टेक्निकल सेन्टरमा सञ्चालन गर्न लागिरहेको १३ बर्ष मुनिको छात्र÷छात्रा फूटबल छनौटमा इलामबाट पनि खेलाडी छानिएको थियो । एन्फा र जिल्ला फूटबल संघले आयोजना गरेको छनौटमा इलाम जिल्लाबाट जम्मा ६२ जना खेलाडी प्रदेश स्तरीय छनौट खेल्नका लागि छानिएका छन् । जसमा छात्र ५३ जना र छात्रा ९ जना रहेका छन् । कोशि प्रदेश फूटबल संघका उपमहासचिब पूर्ण फत्र लिम्बूका अनुसार छनौटमा परेका खेलाडीहरुले दोस्रो चरणको छनौट खेल धरानको एन्फा टेक्निकल सेण्टरमा हुने जानकारी दिनुभयो ।

प्रदेश स्तरीय छनौटबाट छनौटमा परेका खेलाडीहरुले अन्तिम चरणको छनौट खेल काठमाडौंमा हुनेछ । त्यहाँ छनौट भएका खेलाडीहरुलाई एन्फा एकाडेमिबाटै फूटबलको पं्रशिक्षण हुनेछ भने शिक्षादिक्षा समेत एकाडेमिबाटै हुनेछ । जिल्ला फूटबल संघका अध्यक्ष बिक्रम श्रेष्ठले यस किसिमको छनौटले बालबालिकाभित्र लुकेका प्रतिभालाई निखार्दै भबिष्यमा फूटबलको बिकासमा योगदान पुग्न मद्धत पुग्ने बताउनुभयो । उहाँका अनुसार धरानमा हुने छनौट खेलमा छात्राको यहि चैत २८ गते छात्रको चैत २९ र ३० गते हुनेछ । 

प्रतिकृया दिनुहोस

चुलाचुली च्याम्पियन्स लिग साउन १२ गतेबाट , लिग च्याम्पियनले एकलाख पाउने

गणेश घिमिरे साउन १०, इलाम  पालिकाभित्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्येश्यले इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली च्याम्पियन्स लिग

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे असार २७, इलाम      इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय

इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो 

गणेश घिमिरे असार २७, इलाम      इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता