चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना हो ः महामन्त्री थापा

गणेश घिमिरे
बैशाख ८, इलाम 
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना रहेको बिचार प्रकट गर्नुभयो । उहाँले चुनाव अगाडीको गठबन्धनलाई हाइ–हाई नगरेर बाइ–बाई गर्ने बेला आएको उल्लेख गर्नुभयो । नेपाली काँग्रेस इलाम नगर समितिले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले अब गठबन्धनको राजनीति नेपालमा चल्दैन÷टिक्दैन भनेर सन्दैश दिने समय इलामले दिएकोले इलामको उपचुनावमा काँग्रेसले एक्लै जितेर देखाउने दाबी गर्नुभयो ।               

 उहाँले संसदमा छानबिन समिति बनाउ भन्दा सरकार डराएको भन्दै बर्तमान सहकारी ठग्नेदेखि अनेकौ काण्डलाई ढाकछोप गर्ने खेलमा लागेको आरोप गर्नुभयो । महामन्त्री थापाले इलाममा हुन लागेको उपचुनावमा बंशबादलाई जिताउने कि गणतन्त्रलाई जिताउने भन्ने निर्णय अब इलामे जनताले गर्ने दिन आएको भन्दै उल्लेख गर्नुभयो । यहाँ हुन लागेको उपचुनावमा इलामको निर्वाचनले मुलुकलाई नयाँ बाटो दिने भएकाले काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई जिताउन थापाले आग्रह गर्नुभयो । उहाँले पहिचानको बिषयमा एमालेजस्तो उग्ररुप देखाएर काँग्रेस नहिँडेको जनाउँदै संबादको माध्यमबाट समस्याहरुलाई समाधान गर्न खोजिरहेको थापाको स्पष्टोक्ति थियो ।                           

     यस्तै अर्का महामन्त्री बिश्वप्रकाश शर्माले इलामको बिकास गर्नका लागि यो पटक काँध फेर्ने अवसर काँग्रेसले पाएको छ । मतदाताले त्यो अवसर प्रयोग गर्ने दिन आएको बताउनुभयो । महामन्त्री शर्माले सुबासचन्द्र नेम्वाङको युगबाट नयाँ युगमा जाँदै गर्दा यो क्षेत्रको नेतृत्व गरेर बिकासको ढोका खोल्ने संकल्प गर्नुपर्ने अवसर आएको उल्लेख गर्नुभयो । बिकास भएको छैन भन्ने कुरा हैन, बिकास भइरहेको छ तर किन ढिलो भइरहेको छ भन्ने कुराको आवाज उठाउन जरुरी रहेको जनाउँदै शर्माले इलाम अब बिकासमा पछि पर्नु नहुने उल्लेख गर्नुभयो । उहाँले पहिचानको बिषयमा काँग्रेस गम्भिर बनेको 
बताउनुभयो ।                                                   

 सभामा काँग्रेस उम्मेद्धार डम्बर खड्काले आफूले यस क्षेत्रबाट बिजयी बनेर जाँदै गर्दा इलामको शिर ठाडो हुनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । इलाम लामो समयदेखि विकासमा पछि परेको भन्दै इलामबासीका समस्यामा आफूले सधैं साथ दिइरहेको बताउनुभयो । उहाँले पनि पहिचानको मुद्दामा कांगे्रेस सँगै रहेको उल्लेख गर्नुभयो । सभामा सहमहामन्त्री भिष्मराज आङदाम्बे सहित जिल्लास्तरका नेताले सम्बोधन गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

चुलाचुली च्याम्पियन्स लिग साउन १२ गतेबाट , लिग च्याम्पियनले एकलाख पाउने

गणेश घिमिरे साउन १०, इलाम  पालिकाभित्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्येश्यले इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली च्याम्पियन्स लिग

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे असार २७, इलाम      इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय

इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो 

गणेश घिमिरे असार २७, इलाम      इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता