सिटी मार्टमा शौच गर्न जाँदा पर्यटकमाथि दुब्र्यबहारको प्रयास

इलाम, बैशाख २६
सुदुर पूर्वको इलाम पर्यटकीय जिल्ला हो । यहाँ आन्तरीक तथा बाह्य पर्यटकहरु घुम्न आउने गर्दछन् । जिल्लाको कन्याम, अन्तु संगै धेरै धार्मिक र प्राकृतिक पर्यटकीय छन् । त्यसमध्ये इलाम नगरपालिकाका बिभिन्न पर्यटकीय स्थलहरुमा पनि घुम्नका लागि पर्यटकहरु लालायित हुने गर्दछन् । पर्यटकहरु इलाम घुम्न आउन लालायित भइरहँदा इलाममा पर्यटकमाथि गरिने ब्यबहार भने सन्तोषजनक नहुने गरेको पाइन्छ । पर्यटकमाथि गरीने ब्यबहार बिशेष गरेर इलाम नगरपालिकामा सन्तोषजनक छैन । बाहिरबाट घुम्न आउने पर्यटकमाथि गरीने ब्यबहार सन्तोषजनक नभएको स्वंय पर्यटकहरु बताउँछन् ।

पर्यटकहरु रातको समयमा ढिला आएमा उनीहरुलाई खान बस्नकै समस्या हुने गर्दछ । कतिपय होटलमा पर्यटकमाथि गरीने ब्यबहार चित्त बुझदो छैन । पर्यटकलाई इलाम बजार क्षेत्रमा शौचालयकै समेत अभाव हुने गरेको छ । यहाँ ब्यबस्थित शौचालयको समेत अभाव छ । यसैक्रममा इलाम नगरपालिकाको बिभिन्न पर्यटकीय स्थलहरु घुमेर इलाम बजारको सिटी मार्टमा सपिङ गर्न गएका एकजना पर्यटकमाथि दुब्र्यबहारको प्रयास भएको छ । इलाम घर भई हाल काठमाडौं बसोबास गर्दै आउनु भएका नेपाल प्रहरीका पूर्व डिआइजी समेत रहनु भएका मनोज न्यौपानेमाथि दुब्र्यबहारको प्रयास भएको हो । आफनो श्रीमती सहित काठमाडौंबाट यहाँ घुम्न आउनु भएका न्यौपाने सपिङका लागि इलाम बजारमा रहेको सिटी मार्टको पहिलो तलामा सपिङ गरेर मार्टमै रहेको शौचालयमा शौच गर्न जानु भएको थियो । सो बखत मार्टका एक ब्यबसायीले शौचालयको बाहिरबाट ढोका लगाइदिएको गुनासो गर्नुभयो । पटक पटक ढोका ढकढक्याएपछि एक ब्यबसायी ढोकामा रडसहित बसेर शौचालयको ढोका खोलिदिएको बताउनुभयो । शौचालयबाट बाहिर निस्केर न्यौपानेले ती ब्यबसायीलाई ढोका बाहिरबाट चुक्कुल किन लगाइदिनु भएको भनेर प्रश्न गर्दा ब्यबसायीले बाहिरका मानिसलाई यहाँ (मार्ट) को शौचालयको प्रयोग गर्न नदिने गरेको प्रतिक्रिया दिएको न्यौपानेले जानकारी दिनुभयो ।

सिटी मार्ट कुनै एक ब्यबसायीको होइन । यो इलाम नगरपालिकाको स्वामित्वमा छ । यस मार्टमा सपिङ गर्न आउने उपभोक्ता होस् या जोसुकै सर्वसाधरण मानिस हुन्, सबैले शौच गर्न पाउछन् । तर मार्टमा ब्यबसाय गर्ने एक ब्यबसायीको यस्तो हर्कतले अन्य ब्यबसायीलाई समेत असर पुरयाएको छ भने इलाम घुम्न आउने पर्यटकहरुले पनि राम्रो सन्देश प्रबाह गर्नेछैनन् । यी यस्ता बिभिद कारणले इलाम नगर इलामको पर्यटन ब्यबसाय खस्कदैं गएको छ । यस्ता स साना कुराहरुमा सुधार ल्याउन नसके इलामको पर्यटन ब्यबसाय थप धराशयी बन्ने निश्चित छ । 

प्रतिकृया दिनुहोस

देउसिको रकम र जनश्रमदानबाट हात्तीटारमा सामुदायिक भवन बन्दै

गणेश घिमिरे जेठ ३, इलाम  इलामको माईजोगमाई गाउँपालिका ४ नामसालिङ स्थित हात्तीटारमा बहुउद्येश्यिय सामुदायिक भवन निर्माणको काम तीब्र भइरहेको छ ।

महिलालाई आत्मनिर्भर बनाउन सूर्योदयमा पिठो बनाउन सिकाइयो 

गणेश घिमिरे बैशाख २९, इलाम महिलाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्येश्यले बिभिन्न सिपमूलक तालिमहरु प्रदान गरीदै आएको छ । इलाम जिल्लाका दशै

इलाममा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

गणेश घिमिरे चैत २०, इलाम  इलाममा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । दिवसको अवसरमा जिल्लाभरका सहकारकिर्मीहरु भेला भएर प्रभात फेरी निकालिएको