महिलालाई आत्मनिर्भर बनाउन सूर्योदयमा पिठो बनाउन सिकाइयो 

गणेश घिमिरे
बैशाख २९, इलाम
महिलाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्येश्यले बिभिन्न सिपमूलक तालिमहरु प्रदान गरीदै आएको छ । इलाम जिल्लाका दशै पालिकामा महिलाहरुका लागि बिभिन्न किसिमका सिपमूलक तालिमहरु दिएर आयआर्जनका लागि सहयोग पुरयाउँदै आएको छ । यसैक्रममा जिल्लाका सूर्योदय नगरपालिकामा महिलाहरुका लागि सिप बिकास तालिम अन्तर्गत मस्यौरा तथा पोषणयुक्त सर्वोत्तम पिठो बनाउने तालिम दिइएको छ । सूर्योदय नगरपालिका अन्तर्गतको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले सोही पालिकाको वडा नम्बर ३ पशुपतिनगरमा उक्त सिपमूलक तालिमको आयोजना गरेको हो । पाँच्दिनसम्म सञ्चालन गरीएको तालिममा स्थानीय स्तरबाट उत्पादन भएका बिभिन्न बस्तुहरुको मस्यौरा तथा पिठो बनाउन सिकाइएको थियो ।

तालिममा मकैको पिठो, भटमासको पिठो, गहुँको पिठो, बदामको पिठो, चनाको पिठो कसरी बनाउने, यसको पिठो बनाउन चाहिने बस्तुहरु के के हुन्, मात्रा कसरी मिलाउने लगायतका बिषयहरु सिकाइएको थियो । सो क्षेत्रका करीब १५ जना महिलाहरुको सहभागिता रहेको तालिममा पिठो बनाउने सिप सन्दकपुर गाउँपालिकाकि लिलादेवी भट्टराईले सिकाउनु भएको थियो । यो कार्यक्रम नगरपालिकाको चालु आवको बार्षिक कार्यक्रमको हो । इलामकी एक सफल महिला उद्यमि भटटराईले दुग्धजन्य पदार्थबाट उत्पादन मिठाइका परिकारका साथै बिभिन्न किसिमका अचार समेत बनाउन सिकाउँदै आउनु भएको छ । इलाम मात्र नभएर देशका बिभिन्न जिल्लाहरुमा गएर सिप सिकाउँदै आउनु भएकि भटटराई एक सफल सहकारीकर्मी र कृषक पनि हुनुन्छ । भटटराईलाई यस्ता किसिमको सिपमूलक तालिमको प्रशिक्षण गरीदिनका लागि धेरै माग आउने गरेको छ । बिभिन्न राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भटटराईको फुसद भने खासै हुँदैन । महिला उद्यमि भटटराई महिलाहरुका लागि प्रेरणाको श्रोत पनि हुनुन्छ । कुनैपनि कामलाई सानो ठूलो नभनी लगनशिल र मेहनतले गर्ने भटटराई महिला स्वास्थ्य स्वंसेवीका पनि हुनुन्छ । 
 

प्रतिकृया दिनुहोस

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे असार २७, इलाम      इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय

इलाम नगरको पहलमा साँखेजुङ्गमा प्राङ्गरीक मल उत्पादनको तयारी

गणेश घिमिरे असार २१, इलाम  कोशि प्रदेश सरकारको सहयोगमा इलाम नगरपालिकाको एक सहकारीले प्राङ्गरीक मल उत्पादनको तयारी थालेको छ । खेतीबालीमा रसायनीक

इलाममा रैथाने बालीको परिकारको प्रदर्शनी 

गणेश घिमिरे असार ११, इलाम      रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुँदा त्यस्ता बालीहरुको