देउसिको रकम र जनश्रमदानबाट हात्तीटारमा सामुदायिक भवन बन्दै

गणेश घिमिरे
जेठ ३, इलाम 
इलामको माईजोगमाई गाउँपालिका ४ नामसालिङ स्थित हात्तीटारमा बहुउद्येश्यिय सामुदायिक भवन निर्माणको काम तीब्र भइरहेको छ । स्थानीय सरकार, जनमश्रमदान र स्थानीयले गतसाल देउसि खेलेर संकलन गरेको बजेटबाट भवन निर्माण थालेका हुन् । सरकारी स्वामित्वमा रहेको आठ आना जमिनमा भवन निर्माण थालिएको हो । गतबर्षबाट निर्माण सुरु गरीएको उक्त भवन अबको तीनबर्षमा सक्ने लक्ष्य रहेको छ ।

विपदको समयमा सुरक्षित आवासको आवश्यकतालाई मध्यनजर गर्दै तथा स्थानीय स्तरमा हुने सामाजिक तथा सांस्कृतिक कार्यक्रमको प्रयोजन गर्ने गरी बहुउद्येश्यिय सामुदायिक भवन निर्माण थालिएको भवनका संरक्षक अम्बर देवानले बताउनुभयो । भवन निर्माण पश्चात त्यहाँ बिबाह, ब्रतबन्ध लगायतका कार्यहरु सो भवनबाटै गर्न सकिनेछ । करिब एक करोड रुपैंयाँको लागतमा निर्माणसम्पन्न गर्ने लक्ष्य सहित थालिएको भवनमा हालसम्म १४ लाख रुपैंयाँको हाराहारीमा खर्च भइसकेको सामुदायिक भवन निर्माण समितिले जनाएको छ । सो भवन निर्माण गर्न गतबर्ष स्थानीयले देउसि भैलो खेलेर डेढलाख रुपैंयाँ बढी संकलन गरेका थिए भने ४ नम्बर वडा कार्यालयबाट दुईलाख रुपैंया बिनीयोजन भएको थियो । त्यस्तै स्थानीयबासिबाट रकम समेत संकलन गरीएको छ भने स्थानीय ३५ घरधुरीबाट जनश्रमदान समेत भइरहेको संरक्षक देवानको भनाई छ । भवन निर्माण पश्चात सो भवनलाई ब्यबसायीक रुपमा पनि प्रयोजन गरिने बताइएको छ ।

उक्त भवन निर्माणका लागि आर्थिक संकट आएको बताइएको छ । तर तोकिउको समयमा सक्न गाउँपालिकामा बजेट माग गर्ने तथा आउने तिहारमा पनि देउसि भैलो खेलेर रकम संकलन गरीने जनाइएको छ । बहुउद्देश्यिय भवन निर्माण पछि सो क्षेत्रका  नागरिकलाई सिप, क्षमता अभिबृद्धि गर्नुका साथै विपतको समयमा भवनको उपयोगिता महत्वपूर्ण हुनेछ । यो भवन बनेपछि सो क्षेत्रमा धेरैको संख्यामा बाहिरबाट आएका मानिसहरुलाई पनि आवासको लागि सहज हुनेछ । सो भवन पाँचसय जना अट्ने क्षमताको निर्माण भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे असार २७, इलाम      इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय

इलाम नगरको पहलमा साँखेजुङ्गमा प्राङ्गरीक मल उत्पादनको तयारी

गणेश घिमिरे असार २१, इलाम  कोशि प्रदेश सरकारको सहयोगमा इलाम नगरपालिकाको एक सहकारीले प्राङ्गरीक मल उत्पादनको तयारी थालेको छ । खेतीबालीमा रसायनीक

इलाममा रैथाने बालीको परिकारको प्रदर्शनी 

गणेश घिमिरे असार ११, इलाम      रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुँदा त्यस्ता बालीहरुको