जेठ ११ बाट इलाममा ए डिभिजन जिल्ला लिग, पाँचवटा क्लब रेलिगेसनमा पर्ने

गणेश घिमिरे
जेठ ४, इलाम 
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार इलाममा आउँदो जेठ ११ देखि १९ गतेसम्म जिल्ला ‘ए डिभिजन लिग’ फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ इलामको आयोजनामा जिल्लाका तीनवटा खेलमैदानमा हुने जिल्ला लिगमा १३ वटा फुटबल क्लबहरुको सहभागिता रहने संघका उपाध्यक्ष एवं जिल्ला लिग प्रतियोगिताका संयोजक पूर्णफत्र लिम्बूले बताउनुभयो । बिबिध कारणले २०७८ साल देखि जिल्ला लिग हुन सकेको थिएन ।

राउन्ड एन्ड रोविनको आधारमा हुने लिगमा सहभागी भएका क्लबलाई चार समूहमा बिभाजन गरी लिग गराउने छ । जिल्ला लिगको विजेताले सिधै प्रदेशस्तरी लिग खेल्नेछ । प्रतियोगितामा सहभागी क्लबहरुले ए, बी वा सी डिभिजन खेलेका कुनै पनि खेलाडीलाई सहभागी गराउन पाउने छैनन् भने विभागीय टिमका खेलाडी पनि खेल्न नपाउने संघले जनाएको छ । जिल्लामा बिगतमा ए डिभिजन लिग हुने गरेपनि ग्रेड भने छुटयाएको थिएन । त्यसैले संघमा आबद्ध १३ वटै फूटबल क्लबले यो पटक ए डिभिजन जिल्ला लिग खेल्ने भएका हुन् । यो बर्षबाट १३ वटा क्लब मध्ये अंक तालिकाको पुछारका पाँचवटा टिम रेलिगेसनमा पर्दै बि डिभिजनमा घटुवा हुने संघका जिल्ला अध्यक्ष बिक्रम श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अर्को बर्षबाट बि डिभिजन लिग समेत गराइनेछ । पुछारमा रहेको टिम रेलिगेसनमा पर्दा नयाँ टिमहरुले पनि जिल्ला लिगमा अवसर पाउनेछन् ।

इलाममा हुन लागेको ए डिभिजन जिल्ला लिगमा हेलिबोथ फूटबल क्लब, रेडहर्ष फूटबल क्लब, माइभ्याली फूटबल कलब, क्लब ओएसिस, देउराली स्पोटीङ क्लब, हेल्लो जस्बीरे फूटबल क्लब, त्रिबेणि युथ क्लब, फ्रेण्डसिप फूटबल क्लब, एमएफसि पान्दाम, दिपेन्द्र शिखर फूटबल क्लब, नेहारिका फूटबल क्लब, पूर्व क्षितिज फूटबल क्लब, एमसिसि फूटबल क्लब सहभागि हुँदैछन् । जिल्ला लिग इलामको ठूलो टुडिखेल, सूर्योदय नगरपालिकाको करफोक खेल मैदान र देउमाई नगरपालिका स्थित भानुभक्त माविको छात्राबास खेल मैदानमा हुनेछ । यो जिल्ला लिगमा जिल्ला भित्रकै खेलाडीहरु समावेश गर्नुपर्ने नियम बनाएकाले पनि यस लिगबाट जिल्लामा उत्कृष्ट खेलाडीहरु उत्पादन हुने आशा आयोजकले लिएको छ ।  

प्रतिकृया दिनुहोस

खेलकुदमा पनि पत्रकार सोङमीको सहयोग, इलाममा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड चेस प्रतियोगिता 

गणेश घिमिरे जेठ १४, इलाम  इलाम जिल्लामा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड (बुद्धिचाल) चेस प्रतियोगिता आयोजना हुँदैछ । जिल्लामा बुद्धिचाल

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो

गणेश घिमिरे जेठ ७, इलाम  बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन

इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको