ग्रीनभ्यालीमा अध्ययनरत बिद्यार्थीका अभिभाबकलाई दिइयो ट्राफिक सचेतना 

गणेश घिमिरे
जेठ २९, इलाम 
बढ्दो सवारी साधन दुर्घटनाले मानवीय र भौतिक क्षति बढ्दै गएपछि जिल्ला ट्राफिक कार्यालय इलामले ट्राफिक सचेतना कार्यक्रमलाई तिब्रता दिन थालेको छ । प्रहरीले सचेतना मूलक कार्यक्रमलाई अभियान कै रुपमा सचेतना कार्यक्रम गर्दै आएको छ । सवारी चालकलाई मात्र नभएर बिद्यालयमा अध्ययनरत बिद्यार्थी संगै बिद्यार्थीका अभिभावकलाई समेत ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ ।

सडकको दूरावस्था, त्यसमाथि सवारीसाधनको चाप र चालकको लापरबाहीले इलाममा सडक दुर्घटना बढदै गएपछि ट्राफिक प्रहरीको सक्रियता बढेको हो । यसैक्रममा जिल्ला ट्राफिक कार्यालय इलामले इलाम सदरमुकाममा रहेको ग्रीनभ्याली एकाडेमिमा अध्ययनरत बिद्यार्थीका अभिभावकलाई ट्राफिक सचेतना सम्बन्धि जानकारी गराएको छ । ग्रीनभ्याली एकाडेमिको ब्यबस्थापनमा ट्राफिक कार्यालयले बिद्यालयमै अभिभावकलाई ट्राफिक सचेतना जगाएको हो । ट्राफिक इन्चार्ज प्रहरी नायब निरीक्षक डम्बर बिक्रम दियाली र ट्राफिक हवल्दार रिद्धि खनालले आफनो छोराछोरीलाई सवारी साधन चलाउँदा ध्यान पुरयाउनका लागि अभिभावककै प्रमुख जिम्मेवारी रहेको बताउनुभयो । अभिभावकहरु ट्राफिक नियमको बारेमा जानकार भएमा आफना छोराछोरीलाई ट्राफिक नियमको बारेमा बुझाउन सक्ने हँुदा अभिभावकलाई नै लक्षित गरेर अभिभावकका लागि बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम राखिएको बिद्यालयका सञ्चालक कुमार बैद्यले बताउनुभयो ।

विद्यालयलाई दुर्घटना न्यूनीकरणको माध्यमको रुपमा विकास गर्न यस कार्यक्रम राखेको बिद्यालयले जनाएको छ । दुर्घटना बढदै गएका कारण अभिभावक मार्फत बिद्यार्थीलाई सचेत गराउन सचेतना कार्यक्रम राखिएको बताइएको छ । अभिभावकलाई दिइएको सचेतना कार्यक्रममा पैदल हिंड्दा कुन साइडबाट हिड्ने, ट्राफिक संकेतमा के गर्ने के नगर्ने, सवारी साधन चलाउँदा कसरी चलाउन, ट्राफिक लाइटको प्रयोग लगायतका बारेमा जानकारी गराइएको थियो । 
 

प्रतिकृया दिनुहोस

चुलाचुली च्याम्पियन्स लिग साउन १२ गतेबाट , लिग च्याम्पियनले एकलाख पाउने

गणेश घिमिरे साउन १०, इलाम  पालिकाभित्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्येश्यले इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली च्याम्पियन्स लिग

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे असार २७, इलाम      इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय

इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो 

गणेश घिमिरे असार २७, इलाम      इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता