महिला साहित्यकारद्धय नेपाल र घिमिरेको गजल संग्रह बिमोचन

गणेश घिमिरे
असार १, इलाम
इलामका दुई साहित्यकारद्धय दुईवटा कृति एकैसाथ इलाम सदरमुकाममा शनिबार लोकार्पण गरिएको छ । इलामको माईजोगमाई गाउँपालिका स्थित नामसालिङ्गमा जन्म भइ हाल अन्य ठाउँलाई कर्मथलो बनाइराख्नु भएकि दुई महिला साहित्यकारको दुईवटा गजल संग्रह लोकार्पण गरिएको हो । पूष्पा नेपाल सुवेदीद्धारा लिखित धरातलको जुन र बालकुमारी घिमिरेद्धारा लिखित निभेको लालटीन गजल संग्रह बिमोचन गरिएको हो ।
उक्त दुई संग्रहहरु गजलकार डाक्टर घनश्याम न्यौपाने सहित इलाम र झापाका साहित्यकारहरुले संयुक्त रुपमा गर्नुभएको हो । इलाम साहित्य संगित तथा कला प्रतिष्ठानले आयोजना गरेको कृति बिमोचन कार्यक्रममा पूष्पा नेपाल सुवेदीले लेख्नुभएको कृतिमाथि साहित्यकार किशोर कोइरालाले समिक्षा गर्नुभएको थियो । ९० वटा गजल रहेको उक्त संग्रहमा यो गजलमा असन्तुष्टिका भावहरु पेखिएको आफूले पाएको प्रतिक्रिया दिनुभयो । यस संग्रहमा फरक फरक स्वाद पाउन सकिने उल्लेख गर्दै साहित्यकार पूष्पा नेपाल स्थापित गजलकारको रुपमा परिचित बन्नुभएको बताउनुभयो । यस्तै बालकुमारी घिमिरेद्धारा लिखित निभेको लालटीन माथि साहित्यकार मिलनकुमार ढुंगानाले समिक्षा गर्नुभएको थियो । उहाँले यस गजलमा सामाजिक बिकृति, जीवन, भौतिकवादी, अध्यात्मिकवादी चिन्तन, नारी स्वर जस्ता विषयले भद्र बिद्रोह समेत गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष देवी गौतमको अध्यक्षतामा बिमोचन कार्यक्रम भएको थियो ।
कार्यक्रममा साहित्यकार डाक्टर घनश्याम न्यौपानेले महिलाका लागि लेखन कार्य सजिलो विषय नभएको उल्लेख गर्नुभयो । उहाँले घरदेखि जागिरसम्मको भूमिका निभाउँदै सृजना तयार गर्नु महिलाका लागि सजिलो नहुने जनाउँदै यी कृति ठूलो उपलब्धि रहेको बताउनुभयो । साहित्यकार नेपाल हाल झापामा रहनुहुन्छ भने घिमिरे अमेरीकामा रहनुहुन्छ । शिबप्रसाद सुवेदी प्रकाशक रहनु भएको धरातलको जुन गजल संग्रह साहित्यकार नेपालको पहिलो गजल संग्रह हो । कार्यक्रममा सहभागिहरुले कृति प्रकाशनले सबैलाई उत्प्रेरणा गरेको उल्लेख गर्दै श्रष्ट्रा र सृजनालाई बचाइ राख्नुपर्ने बताए । रचनाबाटै साहित्यकारले सकारात्मक सन्देश दिने भएकाले समाज परिवर्ततमा गजलकारको महत्वपुर्ण भूमिका रहने बक्ताको प्रतिक्रिया थियो ।

सिमल गोलाईबाट तिल्केनी सम्मको सडक स्तरोन्नतीका लागि पाँच करोड बजेट
गणेश घिमिरे माघ २६, इलाम मेची राजमार्गको माइखोला–भन्ज्याङ्ग सडक खण्ड जोखिमपूर्ण भइ यातायात सम्पर्क टुट्ने अवस्था आएपछि राजमार्ग र बैकल्पिक

संघर्षको यात्रासंगै अघि बढेका भक्तबहादुर थामी
गणेश घिमिरे माघ २४, इलाम थामी नेपालमा बसोबास गर्ने एक किरात जाति हो । थामी समुदायका मानिसहरूले आफूलाई “थाङ्मी“भन्न रुचाउँछन् । यो जातिका

अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह
गणेश घिमिरे माघ १९, इलाम महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८
प्रतिकृया दिनुहोस