विपद व्यवस्थापन सम्बन्धी इलाममा अग्नि नियन्त्रण तालिम 

गणेश घिमिरे
चैत्र १, इलाम 
इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको संयुक्त आयोजनामा इलाम नगरपालिकामा सञ्चालन गरीएको विपद व्यवस्थापन सम्बन्धी अग्नि नियन्त्रण तालिम सम्पन्न भएको छ । पाँचदिने आयोजना गरिएको तालिममा विपदपछिको उद्धार, प्राथमिक उपचारदेखि घाइतेलाई सुरक्षित रूपमा अस्पताल लैजानेलगायत सीप सिकाइएको थियो । तालिममा नगर प्रहरी, कर्मचारी, रेडक्रस स्वयंसेवक, सैनिक, नेपाल र सशस्त्र प्रहरी, सर्वसाधारणसमेत ९० सहभागी थिए । तालिम क्रममा प्रयोगात्मक नमुना अभ्यास  (मिमुलेसन)समेत गरिएको थियो । आगलागी तथा भूकम्पजस्ता प्रकोप सामना गर्न तालिम उपयोगी हुने इलाम नगरपालिकाका मेयर केदार थापाले  बताउनुभयो । सिकेको ज्ञान–सीप र प्रविधि उपयोग गर्दै विपदका बेला धनजनको क्षति रोक्न इलाम नगरले तालिम आयोजना गरेको उहाँको भनाई छ । विपदका बेला उद्धार, सहयोग, उपचार र राहतका कार्यक्रम प्रभावकारी बनाउन विपद् समितिहरूलाई समयानुकूल व्यवस्थित गर्न पनि आवश्यक मेयर थापाले बताउनुभयो ।  तालिममा सहभागिलाई रणशार्दूल गण इलामका गणपति प्रह्लाद घले, सिडिओ कल्पना श्रेष्ठ, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङलगायतले प्रमाणपत्र प्रदान गर्नुभयो । जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा आयोजित तालिममा गृह मन्त्रालयका प्रशिक्षकले सहजीकरण गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

राप्रपा इलामले पनि प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र 

इलाम, बैशाख ९, इलाम  राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले इलामका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ७७

गैससलाई चलायमान बनाउन अग्रसर बर्तमान कार्यसमिति, पहिलो पटक भित्ते पात्रो प्रकाशन

गणेश घिमिरे चैत्र ३१, इलाम  गैरसरकारी संस्था महासंघ नेपाल इलाम शाखाले प्रकाशन गरेको नयाँ बर्ष २०८२ सालको बार्षिक भित्ते पात्रो सार्वजनिक गरिएको छ ।

आँखाको ज्योति फर्किएपछि खुशिले गद्गद्

गणेश घिमिरे  चैत्र ३०, इलाम      इलाम फाकफोकथुम गाउँपालिका स्थित खाम्बाङका ८८ बर्षिय भिमबहादुर राईको खुशिको सिमा छैन । एउटा दाइने आँखाले देख्न