महिला साहित्यकारद्धय नेपाल र घिमिरेको गजल संग्रह बिमोचन

गणेश घिमिरे
असार १, इलाम 
इलामका दुई साहित्यकारद्धय दुईवटा कृति एकैसाथ इलाम सदरमुकाममा शनिबार लोकार्पण गरिएको छ । इलामको माईजोगमाई गाउँपालिका स्थित नामसालिङ्गमा जन्म भइ हाल अन्य ठाउँलाई कर्मथलो बनाइराख्नु भएकि दुई महिला साहित्यकारको दुईवटा गजल संग्रह लोकार्पण गरिएको हो । पूष्पा नेपाल सुवेदीद्धारा लिखित धरातलको जुन र बालकुमारी घिमिरेद्धारा लिखित निभेको लालटीन गजल संग्रह बिमोचन गरिएको हो ।

उक्त दुई संग्रहहरु गजलकार डाक्टर घनश्याम न्यौपाने सहित इलाम र झापाका साहित्यकारहरुले संयुक्त रुपमा गर्नुभएको हो । इलाम साहित्य संगित तथा कला प्रतिष्ठानले आयोजना गरेको कृति बिमोचन कार्यक्रममा पूष्पा नेपाल सुवेदीले लेख्नुभएको कृतिमाथि साहित्यकार किशोर कोइरालाले समिक्षा गर्नुभएको थियो । ९० वटा गजल रहेको उक्त संग्रहमा यो गजलमा असन्तुष्टिका भावहरु पेखिएको आफूले पाएको प्रतिक्रिया दिनुभयो । यस संग्रहमा फरक फरक स्वाद पाउन सकिने उल्लेख गर्दै साहित्यकार पूष्पा नेपाल स्थापित गजलकारको रुपमा परिचित बन्नुभएको बताउनुभयो । यस्तै बालकुमारी घिमिरेद्धारा लिखित निभेको लालटीन माथि साहित्यकार मिलनकुमार ढुंगानाले समिक्षा गर्नुभएको थियो । उहाँले यस गजलमा सामाजिक बिकृति, जीवन, भौतिकवादी, अध्यात्मिकवादी चिन्तन, नारी स्वर जस्ता विषयले भद्र बिद्रोह समेत गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष देवी गौतमको अध्यक्षतामा बिमोचन कार्यक्रम भएको थियो ।

कार्यक्रममा साहित्यकार डाक्टर घनश्याम न्यौपानेले महिलाका लागि लेखन कार्य सजिलो विषय नभएको उल्लेख गर्नुभयो । उहाँले घरदेखि जागिरसम्मको भूमिका निभाउँदै सृजना तयार गर्नु महिलाका लागि सजिलो नहुने जनाउँदै यी कृति ठूलो उपलब्धि रहेको बताउनुभयो ।  साहित्यकार नेपाल हाल झापामा रहनुहुन्छ भने घिमिरे अमेरीकामा रहनुहुन्छ । शिबप्रसाद सुवेदी प्रकाशक रहनु भएको धरातलको जुन गजल संग्रह साहित्यकार नेपालको पहिलो गजल संग्रह हो । कार्यक्रममा सहभागिहरुले कृति प्रकाशनले सबैलाई उत्प्रेरणा गरेको उल्लेख गर्दै श्रष्ट्रा र सृजनालाई बचाइ राख्नुपर्ने बताए । रचनाबाटै साहित्यकारले सकारात्मक सन्देश दिने भएकाले समाज परिवर्ततमा गजलकारको महत्वपुर्ण भूमिका रहने बक्ताको प्रतिक्रिया थियो । 
 

प्रतिकृया दिनुहोस

बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत

गणेश घिमिरे असोज २१, इलाम  नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ

इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै

गणेश घिमिरे असोज १६, इलाम  नेपालीहरुको महान पर्व दशैं तिहारजस्ता चाडपर्व नजिकिएसंगै इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै गएका छन् ।

फूटबल प्रतियोगितामा खेलाडी बीमा गर्न आयोजलाई फूटबल संघको आव्हान, बीमा नगरिएको प्रतियोगिता नखेल्न खेलाडीलाई आग्रह

गणेश घिमिर असोज १५, इलाम  नेपालीहरुको महान पर्व बिजयदशमि नजिकिँदै गर्दा इलामका गाउँ गाउँमा फूटबल प्रतियोगिताहरु सुरु भइसकेको छ भने कतै सुरु हुने