इलाममा उत्पादन हुने रैथाने बालीको परिकारको प्रदर्शनी गरिदै

गणेश घिमिरे
असार ९, इलाम
इलाम सदरमुकाममा उत्पादन हुने रैथाने बालीको जिल्लास्तरीय परिकारको प्रदर्शनी गरिने भएको छ । रैथाने बाली संरक्षण र प्रवर्धनका लागि परिकारको प्रदर्शनी गरिन लागेको हो । आउँदो असार ११ गते होटल ब्यबसायी संघ इलाम र नगर पर्यटन प्रबद्र्धन समिति इलामको संयुक्त आयोजनामा प्रर्दशनी हुन लागेको हो । स्थानीयले रैथाने बालीका अन्न लगाउन कम भएका बेला यसको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि परिकारको प्रदर्शनी गरिन लागेको होटल ब्यबसायी संघ इलामका अध्यक्ष देवी पौड्यालले बताउनुभयो । रैथाने बाली फापर÷कोदोको रोटि तथा पकौडा, नेवारी खाजा सेट, भुटेको मकै, गुन्द्रुकको अचार, ढिडो, दुधबाट बनेका परिकार, खिर, चिङफिङको रक्सि लगायतका बस्तुहरु प्रदर्शनीमा राखिने संघका सचिब प्रकाश चापागाईले बताउनुभयो ।

इलाममा उत्पादन हुने रैथाने बालीका परिकारहरू सहरका ठुला होटलमा महँगोमा बिक्री हुने तर जिल्लामा यसको उपभोग गर्ने मानिस घटेका कारण उत्पादन बढाउन पनि यो प्रदर्शनी गरिएको चापागाइँको भनाई छ । यो प्रदर्शनी पश्चात इलामका होटलहरुमा रैथाने बालीको परिकारहरु खाजाका रुपमा बनाउनका लागि होटल ब्यबसायीहरुलाई आग्रह गरिने जसले गर्दा इलामको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने बिश्वास आयोजकले लिएको छ । साउनदेखि होटलको मेनुमा रैथाने बालीको परिकार राखिने चापागाईको भनाई छ । रैथाने बालीको उत्पादन वृद्धि गर्न र यसको बजारको सुनिश्चित गर्न स्थानीय सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने आयोजकले जनाएको छ । प्रदर्शनीमा करिब पाँचसय जनाले अवलोकन गर्ने अनुमान आयोजकको छ । रैथाने बालीको परिकार प्रदर्शनीमा ल्याउने ब्यबसायीहरु मध्ये उत्कृष्ट तीन छनौट गरेर पुरस्कृत समेत गरिनेछ । जसमा पहिलो, दोस्रो र तेसो हुनेलाई क्रमश ३ हजार, २ हजार र एकहजार रुपैंयाँले पुरस्कृत गर्नेछ ।

प्रर्दशनीमा १४ वटा स्टल रहनेछ । स्टल ल्याउनेलाई समेत एकहजार रुपैंयाँ प्रदान गरिने बताइएको छ । इलाम उद्योग बाणिज्य संघ र महिला उद्यमि संघ इलामको सह आयोजनामा सञ्चालन हुने प्रदर्शनीलाई पर्यटन कार्यलय काकरभिटटा झापा र इलाम नगरपालिकाले प्रबद्र्धन गरेको छ । प्रदर्शनी सम्पन्न गर्न दुईलाख १५ हजार रुपैंयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको संघका कोषाध्यक्ष दिपक प्रसाईले बताउनुभयो । रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुदा उक्त प्रदर्शनी आयोजना गर्न लागिएको हो । प्रदर्शनी बाहिरी गर्ने सोच बनाएपनि मौसमलाई ध्यानमा राख्दै सदरमुकामकै रेडरोज होटलमा आयोजना गरिने भएको हो । 

प्रतिकृया दिनुहोस

घरेलुद्धारा बिश्व उपभोक्ता दिवसमा अन्तरक्रिया 

गणेश घिमिरे चैत २, इलाम      विश्व उपभोक्ता अधिकार दिवस, ‘स्वच्छ प्रतिष्पर्धी बजारः उपभोक्ता संरक्षणको दिगो आधार ’ भन्ने नाराका साथ इलाममा पनि

महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण 

गणेश घिमिरे चैत्र ३, इलाम महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण सभा इलाम सदरमुकाममा सम्पन्न भएको छ । संघकी अध्यक्ष रोमी पौडेल कोइरालाको

विपद व्यवस्थापन सम्बन्धी इलाममा अग्नि नियन्त्रण तालिम 

गणेश घिमिरे चैत्र १, इलाम  इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको संयुक्त आयोजनामा इलाम नगरपालिकामा सञ्चालन गरीएको विपद व्यवस्थापन सम्बन्धी