इलाममा गजराजसिंह थापा सामुदायिक पुस्तकालय स्थापना

गणेश घिमिरे
असार २७, इलाम 
    इलाम सदरमुकाममा सामुदायिक पुस्तकालय स्थापना गरीएको छ । इलाम नगरपालिका स्थित अरनीको संग्राहलयमा गजराजसिंह थापा सामुदायिक पुस्तकालयको स्थापना गरीएको हो । पछिल्लो समयबढ्दो प्रबिधि तर्फ मानिसको आकर्षण बढ्दा पठन संस्कृति हराउँदै गएको अवस्थामा पठन संस्कृतिको बिकासका निम्ति सामुदायिक पुस्तकालयको स्थापना गरीएको हो ।                               

 इलाम नगरपालिकाको साहित्य कला संगित प्रतिष्ठानले पुस्तकालयको स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङ्गले बताउनुभयो । जिल्लामा सामुदायिक पुस्तकालय नभइरहेको अवस्थामा सदरमुकाममा सामुदायिक पुस्तकालय स्थापना गरीएको हो । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले यो पुस्तकालय स्थापनाले पाठकको आकर्षणका लागि केन्द्रबिन्दु बन्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो । पुस्तकालयमा आएर इतिहासका कुराहरु पढ्न बुझन पाइने भएकाले यसको प्रचार प्रसारमा जरुरी रहेको मेयर थापाको भनाई थियो ।                                         

२०७८ सालमा अरनिको सांस्कृतिक संग्राहलयका रूपमा सञ्चालनमा ल्याइएको संग्राहलयमा ऐतिहासिक महत्वका तथा पुराना सामग्रीहरू संगृहित गरिएको छ । इलाम भित्रने पर्यटकलाई आकर्षणको केन्द्र बनाउन पुस्तकालय समेत स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । पुस्तकालय रहेको संग्राहलयको भवनमा तत्कालीन वडा हाकिम गजराज सिंह थापाले प्रशासन सञ्चालन गरेको इतिहास छ । इलामबाटै नेपाली चिया रोपण सुरु गराउने पहिलो व्यक्ति गजराजसिंहको सम्झनामा  पुस्तकालय स्थापना गरीएको हो । संग्राहालयमा पुर्खाले प्रयोग गरेका प्रशासनिक तथा घरेलु सामग्री, कृषि सामग्री, हस्तकला, विभिन्न जातीय संस्कृति, पोसाक, ढिकी, जाँतो, तेल पेल्ने कोल, पञ्चे बाजा, पुर्खाहरूले प्रयोग गरेका पैसालगायतका सामग्री छन् ।                            

 पुस्तकालयमा विभिन्न दाताले उपलब्ध गराएका नेपाली साहित्यका महत्वपूर्ण कृतिहरू अन्य विभिन्न पठन योग्य सामग्री रहेका छन् । पुस्तकालयमा हाल करिब बिभिन्न बिषयसंग सम्बन्धित तीनसय बढी पुस्तकहरु रहेको बताइएको छ । 
 

प्रतिकृया दिनुहोस

क्रिकेटको बिकासमा प्रादेशिक र जिल्ला क्रिकेट संघको सक्रियता

गणेश घिमिरे असोज २, इलाम  पछिल्लो समय क्रिकेट खेलप्रतिको बढ्दो आकर्षण संगै यस खेलको बिकासका निम्ति क्रिकेटको जिल्लास्तरीय संघदेखि प्रादेशीक र

गोरखमा दोस्रो संस्करणको गोरख भेट्रान्स कप हुँदै 

इलाम , भदौ २९ इलामको सूर्योदय नगरपालिका ५ मा आउँदो कात्तिक ७ देखि १० गतेसम्म दोस्रो संस्करणको गोरख भेट्रान्स कपको आयोजना गरीने भएको छ । गोरख टोल बिकास

काँग्रेस केन्द्रिय समितिद्धारा इलाम नगरपालिकालाई राजधानिमा सम्मान

गणेश घिमिरे भदौ २७, इलाम  इलाम नगर स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा देशभरकै पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन