इलाम जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
गणेश घिमिरे
असार २६, इलाम
इलाम जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सम्पूर्ण खोपहरू बालबालिकाले पाएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चिताका लागि स्वास्थ्य कार्यालयले खोप लगाउन छुटेका बालबालिकाहरूको सर्वेक्षण गरी खोप लगाउने अभियान संचालन गरेको थियो ।
खोप लगाउन छुटेका एवं शुन्य डोज भएका बालबालिकाहरुको संख्या पनि जिल्लामा नभइसकेपछि इलामलाई सदरमकाममा एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरीएको स्वास्थ्य कार्यलय इलामका प्रमुख आदित्य शाक्यले बताउनुभयो । खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको कार्यालयका खोप निरीक्षक गंगााधर पण्डितले जानकारी दिनुभयो । खोप समन्वय समिति एवं जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले जिल्लाका दशवटै स्थानीय तहका ० देखि १५ महिनाका १६ देखि ५९ महिनाका सबै बालबालिकाले पूर्ण रुपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताउनुभयो ।
एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । इलाम जिल्लालाई २०७२ सालमा पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै आएको छ । यस घोषणाले नेपाल सरकारको पूर्ण खोप सुनिश्चित राष्ट्र बनाउने लक्ष्यलाई थप बल पुगेको छ । कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सहयोग गर्ने सबै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो । यसैगरी जिल्लाका गाउँ गाउँमा रहेर स्वास्थ्य सेवामा अनवरत खटिने स्वास्थ्य महिला स्वंसेवीकामध्ये अवकास पाएका २७ जना स्वंसेवीकालाई पनि सोहि कार्यक्रमको अवसर पारेर सम्मान गरीएको थियो ।
इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो
गणेश घिमिरे असार २७, इलाम इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता
इलाम नगरको पहलमा साँखेजुङ्गमा प्राङ्गरीक मल उत्पादनको तयारी
गणेश घिमिरे असार २१, इलाम कोशि प्रदेश सरकारको सहयोगमा इलाम नगरपालिकाको एक सहकारीले प्राङ्गरीक मल उत्पादनको तयारी थालेको छ । खेतीबालीमा रसायनीक
खानेपानी उपलब्ध गराउन सहयात्रा र स्थानीय सरकारको सक्रियता
गणेश घिमिरे जेठ २८, इलाम पहाडी भेगका अधिकांश बस्तीले धेरथोर झेल्दै आएको समस्या हो– खानेपानीको अभाव । धेरै परिवार बर्खायाममै पनि स्वच्छ
प्रतिकृया दिनुहोस