इलामबाट बिस्थापित भेटनरी अस्पताल सात वर्षपछि फकाईयो 

गणेश घिमिरे
असार २७, इलाम 
    इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पुर्नस्थापना गरिएको छ । संघीयता कार्यान्वयन भएसँगै इलामबाट झापा सारिएको कार्यालय पुनः फर्काइएको हो । संघीयता कार्यान्वयनअघि पशुसेवाका लागि जिल्लास्तरमा जिल्ला पशुसेवा कार्यालय थियो । २०७४ सालपछि यो कार्यालयको नाम परिवर्तन भएसँगै इलामबाट विस्तापित भइ झापा लगिएको थियो ।                   

 इलामबाट झापा कार्यालय बिस्थापित भएपछि इलाममा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय मात्र रहेको थियो । पुर्नस्थापित कार्यालयको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बिहीबार उद्घाटन गर्नुभयो । उद्घाटनको क्रममा मन्त्री मगरले जिल्लामा यो कार्यालय स्थापना भएपछि किसानले पशुसम्बन्धी प्राविधिक र अन्य सेवा पाउने बताउनुभयो । यो कार्यालय पशुसम्बन्धी विज्ञ केन्द्रकै रूपमा रहने भएकाले पशुलाई लाग्ने रोग र पशुसम्बन्धी सबैखाले सेवा यहाँबाट उपलब्ध हुने उल्लेख गर्दै प्रदेश सरकार करिब चार–पाँच वर्षभित्र पशुमा देखिएको खोरेत रोग अन्त्य गर्ने लक्ष्यसहित अघि बढेको जनाउनुभयो ।               

 यो कार्यालय इलाममा फर्काउन जिल्लाबासीले प्रदेश सरकारलाई धेरै दबाब दिँदै आएका थिए । कार्यालयमा अहिले ११ जनाको दरबन्दी छ । उद्घाटन कार्यक्रममा प्रदेशका पूर्वमन्त्री तथा सांसद समशेर राईले प्रदेश सरकारको अथक प्रयास र इलामबासिको धेरै दबाब पछि यो कार्यालय इलाममा फर्काउन सफल भएको जनाउनुभयो । इलाम कृषि र पशुपालनका लागि प्रख्यात छ । यहाँका अधिकाँश मानिस कृषि र पशुपालनमा निर्भर छन् । यति हुँदाहुँदै इलामबाट यो कार्यालय झापामा सारिएको थियो । जसले गर्दा पशुपालक कृषकहरु सानो कामका लागि पनि झापा धाउनु पर्ने बाध्यता थियो । तर यो कार्यालय इलाममा पुन फर्काइएपछि इलाममा पशुपालन गर्ने किसानलाई यो केन्द्रबाट सेवा लिन अब सजिलो भएको छ । उद्घाटन कार्यक्रममा प्रदेश सांसद गोविन्द गिरी सहित इलाम नगरपालिकाकी उपमेयर बिष्णु लिम्बू दाहाल, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली काँग्रेसका सचिब निरोज खड्गी लगायतले कार्यालय स्थापनाले इलामका कृषकहरुमा ठूलो राहात मिलेको उल्लेख गर्नुभयो ।                                   

 कार्यक्रममा पशुपक्षि तथा मत्स्य बिकास निर्देशनालयका निर्देशक पशुपति भटटराईले अब साउनबाट इलाममा खोरेत रोग नियन्त्रण सम्बन्धि कार्यक्रम सञ्चालन हुन गइरहेकाले पनि इलाममा यस कार्यालय स्थापना हुन आवश्यक रहेकोले कार्यालय स्थापना गरीएको बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

गोरखमा दोस्रो संस्करणको गोरख भेट्रान्स कप हुँदै 

इलाम , भदौ २९ इलामको सूर्योदय नगरपालिका ५ मा आउँदो कात्तिक ७ देखि १० गतेसम्म दोस्रो संस्करणको गोरख भेट्रान्स कपको आयोजना गरीने भएको छ । गोरख टोल बिकास

काँग्रेस केन्द्रिय समितिद्धारा इलाम नगरपालिकालाई राजधानिमा सम्मान

गणेश घिमिरे भदौ २७, इलाम  इलाम नगर स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा देशभरकै पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन

जिससको समिक्षा बैठकमा पालिकाका प्रमुख–उपप्रमुख सहित दलकै बेवास्ता,   जिससलाई प्रशासनले डोमिनेट गर्न खोजेको भन्दै प्रमुखको आपत्ति

गणेश घिमिरे भदौ २७, इलाम     इलामका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले जिल्ला समन्वय समिति (जिसस) इलामको समिक्षा बैठकलाई बेवास्ता गरेका छन् । यो