सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा 

गणेश घिमिरे
असार २७, इलाम 
    इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को संघीय सरकारबाट हस्तान्तरण भएको सशर्त तर्फको स्वीकृत कृषि तथा पशुपन्छी बजारीकरणको लागि कृषि एम्बुलेन्स कार्यक्रम मार्फत कृषि एम्बुलेन्स संचालनको लागि प्रस्ताव माग गरेको थियो । सोहि माग अनुसार माईपोखरी कृषि सहकारी संस्था सन्दकपुर ३ ले कृषि एम्बुलेन्स संचालनको जिम्मा पाएको छ । कृषि उपज सामग्री ग्रामीण क्षेत्रबाट बजारसम्म पुर्याउनका लागि सहयोग पुगोस् भन्ने हेतुले सहकारी संस्थाको सहकार्यमा संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताउनुभयो ।                                          

माईपोखरी कृषि सहकारी संस्थाको प्रस्ताव स्वीकृत गर्दै सन्दकपुर गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा खरिद गरिएको हो । गाउँपालिकाले सुचना जारी गर्दै अधिकतम ८० प्रतिशत वा बढिमा १९ लाख ७५ हजार रुपैयाँ अनुदानमा कृषि एम्बुलेन्स (कृषि उपज ढुवानी साधन) संचालन गर्न इच्छुक कृषक समूह÷कृषि सहकारीहरुबाट प्रस्ताव माग गरिएकोमा माईपोखरी कृषि सहकारी संस्थाको प्रस्ताव स्वीकृत भएको हो । कृषि एम्बुलेन्स संचालन गर्न चाहनेहरुका लागि गाउँपालिकाले दूई पटक सुचना प्रकाशन गरेको थियो । २४ लाख ९९ हजारमा खरिद गरिएको पिकअप भ्यानमा गाउँपालिकाको १९ लाख ४ हजार गाउँपालिकाको अनुदान रहेको छ । कृषि एम्बुलेन्सले सन्दकपुर गाउँपालिकामा उत्पादन हुने कृषि उपज, पशु र पशुजन्य उत्पादन बजारसम्म पुरयाउन सहज बन्ने सोहि सहकारी संस्थाकी व्यवस्थापक लिला भट्टराईले बताउनुभयो ।                         

सो पालिका पहाडी भूगोल भएकाले सडकको कठिनाईले गर्दा किसानहरुले उत्पादन गरेको उपज बजारसम्म लगेर विक्री वितरण गर्न समस्या पर्दै आएको थियो । एम्बुलेन्स पाएपछि स्थानीय कृषकहरु उत्पादन गर्ने सामग्री विक्री नभएर बारीमै कुहाउनुपर्ने बाध्यता थियो । तर अब त्यो बाध्यता अन्त्य भएर जाने भटटराईको बिश्वास छ । 
 

प्रतिकृया दिनुहोस

खेलकुदमा पनि पत्रकार सोङमीको सहयोग, इलाममा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड चेस प्रतियोगिता 

गणेश घिमिरे जेठ १४, इलाम  इलाम जिल्लामा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड (बुद्धिचाल) चेस प्रतियोगिता आयोजना हुँदैछ । जिल्लामा बुद्धिचाल

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो

गणेश घिमिरे जेठ ७, इलाम  बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन

इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको