चुलाचुली च्याम्पियन्स लिग साउन १२ गतेबाट , लिग च्याम्पियनले एकलाख पाउने

गणेश घिमिरे
साउन १०, इलाम 
पालिकाभित्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्येश्यले इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली च्याम्पियन्स लिग २०८१ सुरु हुने भएको छ । चुलाचुलीको इतिहासमा नौलो प्रयासस्वरुप आउँदो साउन १२ गतेबाट खेल सुरु हुनेछ । चुलाचुली गाउँपालिकाका ६ वटा वडाका दुई÷दुईवटा क्लब गरी १२ वटा क्लबले लिगमा सहभागिता जनाउनेछ । प्रतियोगितामा ग्रुप स्टेजका खेलहरु सोहि गाउँपालिकाको वडा नम्बर ४ स्थित बालज्योती माविको खेलमैदानमा हुने भएको छ । लिगमा टप आठमा पुग्ने क्लबहरुले होम अवे गरी खेल खेलाइने भएको बताइएको छ ।

प्रतियोगितालाई सम्पन्न गर्न लिग सञ्चालन समितिका अध्यक्ष कैलाश थुलुङ्गको अध्यक्षतामा वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मै सञ्चालन समिति बनाएर गठन भइसकेको छ । १२ वटा क्लबलाई चारवटा समूहमा बिभाजन गरीएको छ भने खेल तालिका समेत सार्वजनिक भइसकेको छ । चुलाचुली च्याम्पियन्स लिग सञ्चालक समितिको आयोजना तथा सिद्धार्थ फूटबल क्लब, स्टार स्पोटीङ्ग क्लब र एमफसिको सहआयोजनामा लिग सञ्चालन हुन लागेको हो । लिग सञ्चालनको क्रममा आयोजकले क्लब तथा खेलाडीका लागि १२ बुँदे नियमहरु समेत बनाएको छ । सोहि नियमभित्र बसेर क्लब तथा खेलाडीहरुले प्रतियोगिता खेल्नुपर्नेछ । प्रतियोगितालाई सफल बनाउन स्थानीयबासि सहित बिभिन्न प्रायोजकहरु त्था पालिका र वडाबाट आर्थिक सहयोग भएको प्रतियोगिता संयोजक कैलाश थुलुङ्गले बताउनुभयो । उहाँका अनुसार भदौ १६÷१७ गतेसम्म हुने उक्त लिगमा एउटा क्लबले पालिका बाहिरका ३ जना खेलाडी राख्न पाउने नियम बनाएको छ । पालिकाबाट प्रतिभावान खेलाडी उत्पादनसंगै पालिकाको एउटा सशक्त टिम उत्पादन गर्ने उद्येश्यले स्थानीय युवाहरुको सक्रियतामा हुन लागेको लिग च्याम्पियनले एकलाख र उपबिजेताले ५० हजार पुरस्कार पाउनेछ ।

यस्तै बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरु समेत पुरस्कृत हुने आयोजकले जनाएको छ । खेल नाइन साइडको हुनेछ । पछिल्लो समय ग्रामिण भेगमा यस्ता किसिमको फूटबलको गतिबिधि बढ्नुले इलामको फूटबल क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान पुग्ने एन्फा कोशि प्रदेशका उपमहासचिब एवं जिल्ला फूटबल संघ इलामका उपाध्यक्ष पूर्णफत्र लिम्बूले बताउनुभयो । प्रतिभा भएर पनि अवसर नपाएर बसेका प्रतिभावान खेलाडीहरु गाउँगाउँबाट उत्पादन हुन चुलाचुली च्याम्पियन्स लिग कोशेढुंगा साबित बन्न सक्ने जिल्ला फूटबल संघका अध्यक्ष बिक्रम श्रेष्ठको भनाई छ । 
 

प्रतिकृया दिनुहोस

बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत

गणेश घिमिरे असोज २१, इलाम  नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ

इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै

गणेश घिमिरे असोज १६, इलाम  नेपालीहरुको महान पर्व दशैं तिहारजस्ता चाडपर्व नजिकिएसंगै इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै गएका छन् ।

फूटबल प्रतियोगितामा खेलाडी बीमा गर्न आयोजलाई फूटबल संघको आव्हान, बीमा नगरिएको प्रतियोगिता नखेल्न खेलाडीलाई आग्रह

गणेश घिमिर असोज १५, इलाम  नेपालीहरुको महान पर्व बिजयदशमि नजिकिँदै गर्दा इलामका गाउँ गाउँमा फूटबल प्रतियोगिताहरु सुरु भइसकेको छ भने कतै सुरु हुने