जिससको समिक्षा बैठकमा पालिकाका प्रमुख–उपप्रमुख सहित दलकै बेवास्ता,   जिससलाई प्रशासनले डोमिनेट गर्न खोजेको भन्दै प्रमुखको आपत्ति


गणेश घिमिरे
भदौ २७, इलाम
    इलामका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले जिल्ला समन्वय समिति (जिसस) इलामको समिक्षा बैठकलाई बेवास्ता गरेका छन् । यो समिक्षा बैठक हरेक बर्ष झारो टार्ने काम मात्र भइरहेको छ । बुधबारबाट सुरु भएको बैठक शुक्रबार सकिन्छ । यो बैठकलाई पालिकाका प्रमुख–उपप्रमुख सहित जिल्लाका कुनैपनि राजनैतिक दलले महत्व दिएन । विगतमा गरिएको कामको समिक्षा तथा आगामी बर्षमा गरिने कामको कार्ययोजना बनाउन समिक्षा बैठकको महत्वपूर्ण भूमिका हुन्छ । जसमा पालिकाका प्रमुख÷उपप्रमुख, प्रशासकीय अधिकृत र राजनैतिक दलको उपस्थित अनिबार्य हो । तर जिससको पत्रचारलाई लत्याउँदै इलामका पालिकाका प्रमुख÷उपप्रमुख तथा दलहरुले समिक्षा बैठकलाई महत्व दिएनन् ।     

समिक्षा बैठकमा सन्दकपुर गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, सूर्योदय नगरपालिकाका मेयर र इलाम नगरपालिाका उपमेयर बाहेक बाँकी अधिकाँश पालिकाका प्रमुख–उपप्रमुख र राजनैतिक दलका प्रतिनिधिहरु समिक्षा बैठकको पहिलो र दोस्रो दिन नै अनुपस्थित रहे । जसकारण पनि यो समिक्षा बैठकको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । जिल्लामा बर्षभरी गरीएका कामको समिक्षा र आगामि बर्षका लागि के कस्ता योजनाहरु निर्माण गर्न सकिन्छ भन्ने बिषयमा बृहत छलफल हुने समिक्षा बैठकको प्रमुख उद्येश्य हो । समिक्षा बैठकमा आयोजकले दलहरुलाई पत्रचार गरेपनि बैठकमा दल र पालिकाले पूर्ण बेवास्था गरेका हुन् । जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले समिक्षा बैठक केवल झारो टार्ने काम मात्र भइरहेको स्विकार्नुभयो । 
                            
समीक्षा बैठकलाई विगतका समस्या समाधान र आगामी यात्राको मार्गनिर्देश गर्ने भएकाले सकारात्मक कार्यको रुपमा लिनुपर्दछ । जिल्लाको समग्र विकासका लागि पर्याप्त समन्वय र सहकार्यको आवश्यकता हुन्छ । बैठकमा जो सरोकारवालाका लागि अर्थात् जसका लागि बैठक आयोजना गरिएको थियो, उसैको उपस्थिती विना पहिलो र दोस्रो दिनको समीक्षा बैठक सकिएको छ । जिल्लाको समग्र विकासका लागि एकआपसमा सिकाई आदानप्रदान गर्ने भएकाले दलहरुले पनि प्राथमिकतामा राख्नुपर्ने दलका प्रतिनिधि बताउँछन् । तर बैठकमा दलका प्रतिनिधि नै उपस्थित नहुनु कुरा एकातिर, काम अर्कोतिर भन्ने प्रस्ट हुन्छ ।
                                             
पछिल्लो समयमा प्रशासनले बिकास निर्माणका कामको अनुगमन गर्ने क्रम बढ्नु र बिकास निर्माणका समस्या लिएर प्रमुख जिल्ला अधिकारीकोमा पुग्न थालेपछि जिल्ला समन्वय समितिप्रति जनप्रतिनिधिले बेवास्ता देखाउँदा समिक्षा बैठकको महत्व घट्दै गएको छ । सिडिओले जिल्लाको शान्ति सुरक्षामा ध्यान दिने हो, बिकास निर्माणको अनुमगमन र समस्याको हल जिल्ला समन्वय समितिले गर्ने भएकाले सिडिओले आफनो स्थानमा बस्नुपर्ने र जनप्रतिनिधिले बिकासका कामका बारेमा सिडिओमा हैन जिल्ला समन्वय समितिमा आउनुपर्ने भन्दै प्रमुख राईले आक्रोश पोख्नुभयो । बैठकमा जिल्लाका बिभिन्न पालिकाका प्रशासकिय अधिकृत र बिभिन्न सरकारी एवं गैर सरकारी कार्यालयका प्रतिनिधिले प्रतिबेदन प्रस्तुत गरेका छन् । अन्तत कर्मचारीले प्रस्तुत गरेको प्रतिबेदनमा कर्मचारीले नै तालि बजाएर पहिलो र दोस्रो दिनको समिक्षा बैठक सकिएको छ ।

प्रतिकृया दिनुहोस

क्रिकेटको बिकासमा प्रादेशिक र जिल्ला क्रिकेट संघको सक्रियता

गणेश घिमिरे असोज २, इलाम  पछिल्लो समय क्रिकेट खेलप्रतिको बढ्दो आकर्षण संगै यस खेलको बिकासका निम्ति क्रिकेटको जिल्लास्तरीय संघदेखि प्रादेशीक र

गोरखमा दोस्रो संस्करणको गोरख भेट्रान्स कप हुँदै 

इलाम , भदौ २९ इलामको सूर्योदय नगरपालिका ५ मा आउँदो कात्तिक ७ देखि १० गतेसम्म दोस्रो संस्करणको गोरख भेट्रान्स कपको आयोजना गरीने भएको छ । गोरख टोल बिकास

काँग्रेस केन्द्रिय समितिद्धारा इलाम नगरपालिकालाई राजधानिमा सम्मान

गणेश घिमिरे भदौ २७, इलाम  इलाम नगर स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा देशभरकै पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन