फूटबल प्रतियोगितामा खेलाडी बीमा गर्न आयोजलाई फूटबल संघको आव्हान, बीमा नगरिएको प्रतियोगिता नखेल्न खेलाडीलाई आग्रह

गणेश घिमिर
असोज १५, इलाम 
नेपालीहरुको महान पर्व बिजयदशमि नजिकिँदै गर्दा इलामका गाउँ गाउँमा फूटबल प्रतियोगिताहरु सुरु भइसकेको छ भने कतै सुरु हुने तयारीमा रहेको छ । फूटबललाई माया गर्ने इलामलेहरु चाडपर्वको समयमा भरपूर रुपमा खेलको मनोरञ्जन लिने गर्दछन् । जिल्लामा हुने ठूला प्रतियोगिताहरु अत्यन्त कम भइरहेको समयमा गाउँ गाउँमा बिजयदशमि, दिपावली तथा नयाँ बर्षको समयमा फूटबल प्रतियोगिताहरु बाक्लै मात्रामा हुने गरेको छ । तर ति प्रतियोगिताहरु भइरहँदा खेलाडीहरु भने पूर्ण असुरक्षित भएर खेलिरहनु पर्ने बाध्यता छ । खेलाडीहरुको सुरक्षाका लागि आयोजकले दुर्घटना बीमा लगायतका सेवाहरु उपलब्ध नगराउने हुँदा खेलाडीहरु खेल दौरानमा दुर्घटनामा पर्दा उनीहरुले निकै ठूलो आर्थिक भार बोक्न बाध्य भइरहेका छन् ।

यसैलाई मध्यनजर गर्दै जिल्ला फूटबल संघ इलाम तथा कोशि प्रदेश फूटबल संघका उपमहासचिब फत्र लिम्बूले फूटबल प्रतियोगिताका आयोजकले साना देखि ठूलो जुनसुकै प्रतियोगितामा सहभागि खेलाडीहरुका लागि आयोजकले प्रतियोगिता संचालन गर्नु  भन्दा अगाडि सम्पुर्ण खेलाडी र रेफ्रीको अनिवार्य बिमा गराउनु हुन अनुरोध गर्नुभएको छ । खेलाडी बिमा नगरिएको प्रतियोगिताहरुमा सहभागी नहुन आग्रह समेत गरीएको छ । खेलको दौरान जुनसुकै बेला पनि खेलाडीहरु गम्भीर घाइते हुनसक्ने संभावना रहने भएको र घाइते भएका खेलाडीको उपचार खर्च धेरै लाग्ने हुँदा घर परिवारमा धेरै आर्थिक भार पर्दा धेरै समस्याहरु आउने भएकाले आयोजकले अनिबार्य खेलाडी बीमा गर्नुपर्ने र खेलाडीले समेत खेलाडी बीमा नगरीएको प्रतियोगिता नखेल्न फूटबल संघकै तर्फबाट आग्रह गरीएको लिम्बूले बताउनुभयो । खेलकुद क्षेत्र बिकसित हुँदे गएको अवस्थामा कुनैपनी खेलाडीलाई गम्भीर चोटपटक लागेमा खेलाडी स्वयं जिम्मेवारी हुनुपर्छ भनेर लेखिएको प्रतियोगितामा गेम खेलेर आफ्नो स्वास्थ्य संग रिस्क नलिन पनि उपमहासचिब लिम्बूले सचेत गराउनु भएको छ । 

प्रतिकृया दिनुहोस

खेलकुदमा पनि पत्रकार सोङमीको सहयोग, इलाममा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड चेस प्रतियोगिता 

गणेश घिमिरे जेठ १४, इलाम  इलाम जिल्लामा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड (बुद्धिचाल) चेस प्रतियोगिता आयोजना हुँदैछ । जिल्लामा बुद्धिचाल

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो

गणेश घिमिरे जेठ ७, इलाम  बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन

इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको