बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत

गणेश घिमिरे
असोज २१, इलाम 
नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ नजिकिएसंगै बजारमा ब्यपारीले मूल्य बृद्धि गर्ने तथा हाल मेची राजमार्ग पहिरोले बन्द हुँदा ब्यपारीले खाद्यय लगायतका सामाग्री सटेज देखाएर कालोबजारी गर्न सक्ने तथा अखाद्यय एवं म्याद नाघेका बस्तु बिक्रि गर्नसक्ने संभावित कुरालाई मध्यनजर गर्दै इलामनगरपालिकाले यसलाई नियन्त्रण गर्नका लागि बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडबाडभरी अनुगमन नितरन्तर रहि रहने नगरपालिकाका शहकारी शाखा प्रमुख एवं अनुगमन टोलिका संयोजक मदन कुमार गुरुङ्गले बताउनुभयो ।

उहाँका अनुसार असोज २० गतेबाट नगरपालिकाको अगुवाईमा इलाम बजार क्षेत्रका किराना पसल, मिठाई पसल, माछा÷मासुपसल, औषधि पसल र फलफूल पसलहरुमा अनुगमन थालेको छ । अनुगमनका क्रममा बिभिन्न पसलहरुबाट म्याद गुज्रेका खान अयोग्य करिब २० हजार मूल्य बराबरको बस्तुहरु बरामद गरेको अनुगमन टोलिकि सदस्य एवं इलाम नगरपालिकाकी शिक्षा शाखाकी प्राबिधिक सहायक समिक्षा ढकालले बताउनुभयो ।

 बरामद बस्तुलाई नष्ट गरीने बताइएको छ । अनुगमनको क्रममा बिक्रीको लागि राखिएको सामानको मुल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मुल्य जस्ता कुरामा ध्यान दिइएको छ । सो क्रममा म्याद गुज्रिएका बस्तुहरु राख्नेलाई पहिलोपटक सम्झाई बुझाई गरी छाडिएको र आगामी दिनमा त्यस्ता गलत प्रवृत्ति भेटिएमा कानुन बमोजिम कारवाही बताइएको छ । यस्तै अनुगमनको क्रममा केही कोशेली घरमा उत्पादीत केही खाद्यय बस्तुमा किरा समेत भेटीएको अनुगमन टोलिले जनाएको छ । उनीहरुलाई सचेत गराइएको र अर्को पटक पनि यस्तो गल्ति दोहोरीएको भेटिएमा कडा कार्वाही गरीने अनुगमन टोलिले चेतावनी दिएको छ । अनुगमन टोलिले दुईदिनमा इलाम बजार क्षेत्रका किरान पसल, औषधि पसल, मिठाई पसल गरी ११ वटा पसलको अनुगमन गरेको छ । अनुगमन टोलिमा इलाम नगरपालिकाका कर्मचारी सहित नगर प्रहरी, नेपाल प्रहरी, इलाम उद्योग बाणिज्य संघका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, घरेलु कार्यालयका प्रतिनिधि सहित सञ्चारकर्मी रहेका थिए । 
 

प्रतिकृया दिनुहोस

इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै

गणेश घिमिरे असोज १६, इलाम  नेपालीहरुको महान पर्व दशैं तिहारजस्ता चाडपर्व नजिकिएसंगै इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै गएका छन् ।

फूटबल प्रतियोगितामा खेलाडी बीमा गर्न आयोजलाई फूटबल संघको आव्हान, बीमा नगरिएको प्रतियोगिता नखेल्न खेलाडीलाई आग्रह

गणेश घिमिर असोज १५, इलाम  नेपालीहरुको महान पर्व बिजयदशमि नजिकिँदै गर्दा इलामका गाउँ गाउँमा फूटबल प्रतियोगिताहरु सुरु भइसकेको छ भने कतै सुरु हुने

क्रिकेटको बिकासमा प्रादेशिक र जिल्ला क्रिकेट संघको सक्रियता

गणेश घिमिरे असोज २, इलाम  पछिल्लो समय क्रिकेट खेलप्रतिको बढ्दो आकर्षण संगै यस खेलको बिकासका निम्ति क्रिकेटको जिल्लास्तरीय संघदेखि प्रादेशीक र