सुस्ताएको इलामको पर्यटन क्षेत्रलाई इलाम गोल्डकपले चलायमान बनाउँदै

गणेश घिमिरे
मंसिर ५, इलाम 
    फुटबल खेल खेलाडीले आफनो कला प्रदर्शन गर्ने एउटा मञ्च हो । त्यही भएर होला, फुटबल विश्वका धेरै मानिसलाई मन पर्ने खेल बनेको छ । फुटबल सीमित खेलाडीको मात्र नभएर समग्र देशकै संस्कृति बन्न आवश्यक छ । फुटबल विकासका लागि राज्यको लगानी खेलाडीको निरन्तरता अनिवार्य हुनुपर्छ । यता फूटबललाई संस्कृति नै मान्ने इलामेको लागि इलाम गोल्डकप खेल पर्यटन बिकासका निम्ति एउटा माध्यम बन्दैछ ।     पर्यटन क्षेत्र केही सुस्ताएको इलाममा खेलकुदको माध्यमबाट इलामलाई चलयामान बनाउन इलाम सदरमुकामको ठूलो टुडिखेलमा आउँदो मंसिर २२ देखि २९ गतेसम्म दोस्रो संस्करणको ‘इलाम गोल्डकप’को आयोजना हुँदैछ । मेची पहाडकै धेरै धनराशि पुरस्कार भएको यो गोल्डकपमा नेपालमा नाम चलेका चर्चित फूटबल क्लब र त्यसमा आवद्ध राष्ट्रिय फूटबल खेलाडीको खेल कौशल इलामेले आँखै अगाडीबाट नियाल्न पाउनेछन् । यहाँ हुन लागिरहेको इलाम गोल्डकपले सुस्ताइरहेको इलामको पर्यटन क्षेत्रलाई चलायमान बनाउने इलामका पर्यटन ब्यबसायी मनोज कोइरालाले बताउनुभयो । ‘बिगत केही बर्षयता इलामको पर्यटन क्षेत्र खस्कदो अवस्थामा छ’ कोइरालाले भन्नुभयो–‘तर गतबर्षबाट हुन थालेको इलाम गोल्डकपले निश्चित केही समयको लागि भएपनि इलामको पर्यटन क्षेत्रलाई चलयामान बनाउँदै आएको छ ।’                                            

खेल पर्यटनलाई बढावा दिने बिश्वास लिएको इलाम गोल्डकपको तयारी भने करिब अन्तिम चरणमा पुगेको छ । हाल खेल मैदानमा दर्शक बस्ने करिब ९ हजार क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माणको काम भइरहेको छ भने हार्ड मैदानलाई पानी तथा माटो हालेर सफ्ट बनाउने तयारी भइरहेको आयोजक रेडहर्ष फूटबल क्लब इलामका महासचिब प्रितम लिम्बूले बताउनुभयो । यस गोल्डकपमा ए डिभिजन फूटबल क्लबहरु चर्च ब्वाइज, संकटा, मच्छिन्द्र, त्रिभुवन  आर्मी र एनआरटि सहित झापाको रेडस्टार एफसि, आयोजक र भारत दार्जिलिङ्गको जिटिए ११ ले सहभागिता जनाउँदैछ । यस गोल्डकपको बिजेताले दशलाख र उपबिजेताले पाँचलाख रुपैंयाँ पाउँनेछ । आयोजकले खेल तालिका पनि तत्काल सार्वजनिक गर्दैछ ।                                         

‘यस गोल्डकपको माध्यमबाट इलाममा खेल पर्यटनको बिकास मात्र नभएर जिल्लामा प्रतिभावान खेलाडीहरु पनि उत्पादनमा मद्धत पुग्नेछ’ महासचिब लिम्बूले भन्नुभयो– ‘रेडहर्ष फूटबल क्लबले अब इलाममा फूटबलको बिकाससंगै युवा प्रतिभा उत्पादन गर्न एकाडेमी खोल्ने सम्म तयारी गरीरहेको छ ।’ करिब एक करोड खर्च लाग्ने अनुमान गरीएको यस गोल्डकपलाई भब्य र सफल बनाउन आयोजकले दाताहरुबाट आर्थिक सहयोग जुटाउँदै आएको छ । एनआरएनए मुख्य प्रायोजक रहेको यस गोल्डकपका लागि जिल्लाका दशै पालिका सहित प्रदेश र संघीय सरकारसंग पनि आर्थिक सहयोग माग गरेको छ । आर्थिक सहयोग जुटाएर गरिन लागेको यस गोल्डकप आयोजकले इलामलाई खेल पर्यटनको हब बनाउन कम्मर कसेर लागेको छ । 

प्रतिकृया दिनुहोस

इलाम गोल्डकपको तयारी सुरु, सम्बन्धित निकाय मौन, रेडहर्षले नै सुरु गरयो मैदानको स्तरोन्नती 

गणेश घिमिरे कात्तिक १२÷इलाम  आउँदो मंसिर २२ देखि २९ गतेसम्म इलाम सदरमुकामको ठूलो टुडिखेलमा हुन लागेको दोस्रो संस्करणको इलाम गोल्डकपको तयारी

बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत

गणेश घिमिरे असोज २१, इलाम  नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ

इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै

गणेश घिमिरे असोज १६, इलाम  नेपालीहरुको महान पर्व दशैं तिहारजस्ता चाडपर्व नजिकिएसंगै इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै गएका छन् ।