इलाम गोल्डकपको खेल तालिका सार्वजनिक, माघ ५ गतेबाट अन्तराष्ट्रिय महिला गोल्डकप पनि हुँदै

गणेश घिमिरे  
मंसिर ११, इलाम 
    इलाममा आउँदो मंसिर २२ देखि २९ गतेसम्म हुन लागेको दोस्रो संस्करणको इलाम गोल्डकपको खेल तालिका सावजनिक गरीएको छ । आयोजक रेडहर्ष फूटबल क्लबले पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक रेडहर्ष फूटबल क्लब इलाम र संकटा फूटबल क्लब काठमाडौंबीच प्रतिष्पर्धा हुने भएको छ । २३ गते एनआरिट काठमाडौं र जिटिए ११ दार्जिलिङ्ग भारतबीच प्रतिष्पर्धा हुँदा २४ गते बिभागिय टिम त्रिभुवन आर्मी र चर्च ब्वाइज क्लब काठमाडौं बीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै २५ गते रेड स्टार फूटबल क्लब झापा र मच्छिन्द्र फूटबल क्लब काठमाडौंबीच प्रतिष्पर्धा हुनेछ ।             

आठवटा टिमले प्रतिष्पर्धा गर्ने गोल्डकपको बिजेताले १० लाख र उपबिजेताले ५ लाख रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । हाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।  करिब एक करोड रुपैंयाँ खर्च लाग्ने गोल्डकपका लागि हाल दर्शक बस्ने करिब ९ हजार क्षमताको बाँसको अस्थायि प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 
                                    माघ ५ गतेबाट अन्तराष्ट्रिय महिला गोल्डकप 
    फूटबललाई संस्कृति मान्ने इलामेले एक महिनाको अन्तरमा दुईवटा गोल्डकप आँखै अगाडीबाट नियाल्ने भएका छन् । आउँदो मंसिर २२ देखि २९ गतेसम्म इलाम गोल्डकप हुन गइरहेको छ भने एक महिनाको अन्तरमा माघ ५ देखि १२ गतेसम्म दोस्रो संस्करणको अन्तराष्ट्रिय महिला गोल्डकप इलाम सदरमुकामै ठूलो टुडिखेलमा हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । नेपालको महिला फूटबल प्रतियोगितामा हालसम्म भएका महिला गोल्डकप मध्ये इलाममा हुन लागेको यो महिला गोल्डकप प्रतियोगिता र पुरस्कार दुबै हिसावले सबैभन्दा ठूलो प्रतियोगिता रहेको आयोजक क्लब ओएसिस इलामले जनाएको छ ।                                             

यस गोल्डकपको बिजेताले नगद चारलाख र उपविजेताले २ लाख रुपैंयाँ पाउनेछन् । गोल्डकपमा भारतका दुई महिला फूटबल क्लब सहित नेपालका एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मि क्लब जस्ता चर्चित आठवटा क्लबहरुको सहभागिता रहनेछ । 
 

प्रतिकृया दिनुहोस

अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह

गणेश घिमिरे माघ १९, इलाम  महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८

हेरिटेजको बार्षिक उत्सवमा सम्मान तथा पुरस्कार बितरण

गणेश घिमिरे माघ १९, इलाम  इलाम नगरपालिका ९ मा सञ्चालित हेरिटेज नेशनल एकाडेमि माध्यमिक बिद्यालयले आफनो १६ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरेर

पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदै

गणेश घिमिरे माघ ८, इलाम पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदैछ । स्विस सरकार