इलाम गोल्डकपको खेल तालिका सार्वजनिक, माघ ५ गतेबाट अन्तराष्ट्रिय महिला गोल्डकप पनि हुँदै
![](https://nepalbani.org.np/uploads/news/images/521568576tie-seet.jpeg)
गणेश घिमिरे
मंसिर ११, इलाम
इलाममा आउँदो मंसिर २२ देखि २९ गतेसम्म हुन लागेको दोस्रो संस्करणको इलाम गोल्डकपको खेल तालिका सावजनिक गरीएको छ । आयोजक रेडहर्ष फूटबल क्लबले पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक रेडहर्ष फूटबल क्लब इलाम र संकटा फूटबल क्लब काठमाडौंबीच प्रतिष्पर्धा हुने भएको छ । २३ गते एनआरिट काठमाडौं र जिटिए ११ दार्जिलिङ्ग भारतबीच प्रतिष्पर्धा हुँदा २४ गते बिभागिय टिम त्रिभुवन आर्मी र चर्च ब्वाइज क्लब काठमाडौं बीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै २५ गते रेड स्टार फूटबल क्लब झापा र मच्छिन्द्र फूटबल क्लब काठमाडौंबीच प्रतिष्पर्धा हुनेछ ।
आठवटा टिमले प्रतिष्पर्धा गर्ने गोल्डकपको बिजेताले १० लाख र उपबिजेताले ५ लाख रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । हाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । करिब एक करोड रुपैंयाँ खर्च लाग्ने गोल्डकपका लागि हाल दर्शक बस्ने करिब ९ हजार क्षमताको बाँसको अस्थायि प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
माघ ५ गतेबाट अन्तराष्ट्रिय महिला गोल्डकप
फूटबललाई संस्कृति मान्ने इलामेले एक महिनाको अन्तरमा दुईवटा गोल्डकप आँखै अगाडीबाट नियाल्ने भएका छन् । आउँदो मंसिर २२ देखि २९ गतेसम्म इलाम गोल्डकप हुन गइरहेको छ भने एक महिनाको अन्तरमा माघ ५ देखि १२ गतेसम्म दोस्रो संस्करणको अन्तराष्ट्रिय महिला गोल्डकप इलाम सदरमुकामै ठूलो टुडिखेलमा हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । नेपालको महिला फूटबल प्रतियोगितामा हालसम्म भएका महिला गोल्डकप मध्ये इलाममा हुन लागेको यो महिला गोल्डकप प्रतियोगिता र पुरस्कार दुबै हिसावले सबैभन्दा ठूलो प्रतियोगिता रहेको आयोजक क्लब ओएसिस इलामले जनाएको छ ।
यस गोल्डकपको बिजेताले नगद चारलाख र उपविजेताले २ लाख रुपैंयाँ पाउनेछन् । गोल्डकपमा भारतका दुई महिला फूटबल क्लब सहित नेपालका एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मि क्लब जस्ता चर्चित आठवटा क्लबहरुको सहभागिता रहनेछ ।
![](https://nepalbani.org.np/uploads/news/images/thumb255/1227013821IMG_7061.jpeg)
अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह
गणेश घिमिरे माघ १९, इलाम महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८
![](https://nepalbani.org.np/uploads/news/images/thumb255/800591432IMG_7045.jpeg)
हेरिटेजको बार्षिक उत्सवमा सम्मान तथा पुरस्कार बितरण
गणेश घिमिरे माघ १९, इलाम इलाम नगरपालिका ९ मा सञ्चालित हेरिटेज नेशनल एकाडेमि माध्यमिक बिद्यालयले आफनो १६ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरेर
![](https://nepalbani.org.np/uploads/news/images/thumb255/1615662453IMG_6863.jpeg)
पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदै
गणेश घिमिरे माघ ८, इलाम पर्यटन प्रवद्र्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदैछ । स्विस सरकार
प्रतिकृया दिनुहोस