इलाम गोल्डकपमा सहभागि जनाउने खेलाडीको रेडहर्षले गरयो दुर्घटना बीमा 

गणेश घिमिरे
मंंसिर १८, इलाम 
इलाम सदरमुकामको ठूलो टुडिखेलमा आउँदो मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको इलाम गोल्डकपमा खेलाडीको सामुहीक दुर्घटना बीमा गरीएको छ । आयोजक रेडहर्ष फूटबल क्लबले गोल्डकपमा सहभागि जनाउने आठवटा टिमका सबै खेलाडीको दुर्घटना बीमा गरेको हो । आयोजकले इलाममा सञ्चालित नेको इन्स्युरेन्ससंग सम्झौता गरेको क्लबका निवर्तमान अध्यक्ष एवं सल्लाहकार सेवक देवानले जानकारी दिनुभयो । एक टिमका २० जना खेलाडी सहित जम्मा आठवटा टिमका एकसय ६० जना खेलाडीको दुर्घटना बीमा गरेको हो । सम्झौतामा एकजना खेलाडी बराबर पाँचलाख रुपैंयाँका दरले बीमा गरीएको क्लबका महासचिब प्रितम लिम्बूले जानकारी दिनुभयो ।

बीमा अवधि गोल्डकप प्रतियोगिताभरका लागि मात्र लागू रहने क्लबका सचिब प्रकाश घिमिरेले बताउनुभयो । यता जिल्ला फूटबल संघ इलामले पनि जिल्लाका फूटबल प्रतियोगिताका आयोजकलाई पहिलादेखि नै खेलाडीको दुर्घटना बीमा गराउन सचेत गराउँदै आएको संघका जिल्ला उपाध्यक्ष फत्र लिम्बूले बताउनुभयो । खेलाडीहरु पूर्ण असुरक्षित भएर खेलिरहनु पर्ने बाध्यता छ । दुर्घटना बीमा नहुँदा खेलाडीहरु खेल दौरानमा दुर्घटनामा पर्दा उनीहरुले निकै ठूलो आर्थिक भार बोक्न बाध्य भइरहेका छन् । यसैलाई मध्यनजर गरेर रेडहर्ष फूटबल क्लबले पहिलो संस्करणबाटै खेलाडीको दुर्घटना बीमा गर्दै आएको छ ।

यता गोल्डकपको तयारी भने करिब सकिउको क्लबले जनाएको छ । ए डिभिजन फूटबल क्लबका चर्चित क्लब सहित झापा र भारतको चर्चित फूटबल क्लब र त्यसमा आबद्ध चर्चित खेलाडीको खेल कौशल हेर्ने इलामेलीको प्रतिक्षाको घडि अब मात्र तीनदिन बाँकी रहेको छ । यस गोल्डकपको बिजेताले नगद १० लाख उपबिजेताले नगद ५ लाख रुपैंयाँ पुरसकार प्राप्त गर्नेछन् । 
 

प्रतिकृया दिनुहोस

सेतीदेवीको साधारण सभामा बिभिन्न बिधामा उत्कृष्ट सदस्यलाई सम्मान

गणेश घिमिरे पुष २७, इलाम  सेतीदेवी बहुउद्येश्यिय सहकारी संस्था इलामको २७ औं बार्षिक साधारण सभा सदरमुकाममा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन

बिभिन्न आरोह अबरोह पार गर्दै शताब्दी सहकारीको २५ बर्ष पूरा, मेयर÷पूर्व उपमेयर र पूर्व अध्यक्ष्यलाई बिशिष्ठ सम्मान

गणेश घिमिरे पुष २७, इलाम  बिभिन्न आरोह अबरोह पार गर्दै शताब्दी बचत तथा ऋण सहकारी संस्था इलामले आफनो २५ औं बर्षगाठ (रजत जयन्ती) मनाएको छ । रजत जयन्ती

सहयात्रालाई नगरपालिकाले दुईलाख सम्म सहयोग गर्ने

गणेश घिमिरे पुष २२, इलाम  सहयात्रा नेपाल, इलामको १० औं बार्षिक साधारण सभा इलाम सदरमुकममा सोमबार सम्पन्न भएको छ । हेमकुमारी (गंगा) शिबाको अध्यक्षता एवं