पोखरा सँग इलाम जोड्दै नाटा
कोशी र मधेश प्रदेशको पर्यटकीय स्थलहरुलाई गण्डकी प्रदेशको पर्यटकीय स्थलहरु सम्म जोड्ने पर्यटन प्याकेज तयार गर्ने तयारी शुरु भएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) को गण्डकी प्रदेश समितिले पूर्व र मधेश घुम्न आउने पर्यटकलाई गण्डकीको पर्यटकीय स्थलहरु पोखरा, कुस्मा र मुक्तिनाथ जस्ता पर्यटकीय गन्तब्यसम्म पु¥याउने प्रयास थालेको हो ।
नाट्टा गण्डकीले आज इलाममा एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि कोशी, मधेश र गण्डकीको पर्यटनको प्याकेज तयार गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सो को प्रचारप्रसार गर्ने जानकारी दिएको छ । नाट्टा गण्डकीकी प्रथम उपाध्यक्ष संगिता पौडेलले इलामका पर्यटकीय स्थलहरु सन्दकपुर, इलामको चियाबारी र श्रीअन्तु अत्याधिक रुपमा भ्रमण गर्न आउने भारतको पश्चिम बंगालका पर्यटकलाई गण्डकीसम्म पु¥याउन सक्ने आधार तयार गर्न प्रयास थालिएका बताइन् ।
कोशी प्रदेशका अन्य पर्यटकीय स्थलहरु ताप्लेजुङको पाथिभरा मन्दिर, धनकुटाको भेडेटार जस्ता स्थलहरुको समेत संयुक्त प्याकेजमा समेट्ने उनले बताईन् । उनले भनिन्, ‘भारतको पश्चिम बंगाल, कोशी र मधेशका पर्यटकहरुलाई पोखरा र कुस्मामा सञ्चालित सहासिक खेलहरु प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जीजम्पको मनोरञ्जनसँग अभ्यस्त बनाउने पनि हाम्रो उद्देश्य हो ।’
भारतको पश्चिम बंगालका कोलकाता, सिलिगुडी, कुचविहार र दुर्गापुर जस्ता स्थानहरुबाट बंगाली पर्यटकहरु इलामको सन्दकपुर, इलामको चियाबारी र श्रीअन्तु आउने क्रम हाल बढेको छ । पश्चिम बंगालबासीका लागि नेपाल र भारतका हिमालहरु हेर्न पाउने तथा सुर्योदयको उत्कृष्ट दृष्यावलोकन गर्न सकिने सबैभन्दा नजिकको दुरीमा रहेको स्थलको रुपमा सन्दकपुरको हाल प्रचारप्रसार भईरहेको छ । गर्मी सिजनमा यी स्थानहरु वंगाली पर्यटकले भरिभराउ हुने गरेका छन् । बंगाली पर्यट
कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष किशोर दहालले कोशीको राजधानी विराटनगर र जनकपुरमा समेत पर्यटन समन्वयका लागि नाट्टा गण्डकीले कार्यक्रमहरु तय गरेको बताए । कोशी र मधेश प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरिने कार्यक्रमहरुबाट प्राप्त निश्कर्षपछि प्याकेज तयार गर्ने र तत्काल प्रचारप्रसार गर्ने दाहालले जानकारी दिए । इलाम नगरपालिकाका प्रमुख केदार थापाले तीन प्रदेशस्तरीय पर्यटन प्याकेजले सबै प्रदेशले लाभ लिनसक्ने टिप्पणी गरे ।
पोखरा लगायतका गण्डकीका पर्यटकीय स्थलहरुमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई इलामसम्म ल्याउन सकिने इलाम नगरपालिकाका प्रमुख थापाले विश्वास व्यक्त गरे । इलाम नगरपालिकाले पर्यटन प्याकेज निर्माण तथा प्रचारप्रसारमा सहयोग गर्ने प्रमुख थापाले प्रतिबद्धता व्यक्त गरे ।
बैसाख महिनादेखि देउमाई बाटै राष्ट्रिय परिचयपत्र विरतण
आउँदो बैसाख महिनादेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रीय परिचयपत्र (कार्ड) वितरण इलामको देउमाई नगरपालिका स्थित मङ्गलबारेबाटै हुने

इलाममा सडक फुड फेस्टिबल सुरु
गणेश घिमिरे चैत्र ३१, इलाम स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ

नयाँ बर्षको अवसरमा इलाममा उद्यमी फुड फेस्टिबलको आयोजना
गणेश घिमिरे चैत्र २९, इलाम स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले इलाममा नयाँ बर्ष
प्रतिकृया दिनुहोस