महिला जागरण संघको साधारण सभामा २० जनालाई सम्मान

गणेश घिमिरे
चैत्र १३
महिला जागरण संघ इलामको २४ औं साधारण सभा एवं नवौ अधिबेशन सदरमुकाममा बुधबार सम्पन्न भएको छ । सामाजिक, सहकारी लगायतका बिषयमा इलाममा लामो समयदेखि यस संस्थाले काम गर्दै आएको छ । सभा तथा अधिबेशनको अवसरमा संस्थाले बिभिन्न क्षेत्रमा योगदान पुरयाउने २० जना ब्यक्तित्वलाई सम्मान गरेको छ । संस्था मार्फत सञ्चालन गरीएको माइभगवती बृद्धाश्रम सञ्चालनका लागि आर्थिक सहयोग गर्ने, अक्षयकोषका लागि सहयोग गर्ने, खानेपानी ब्यबस्थापनका लागि सहयोग गर्ने बिभिन्न सामाग्री देखि लत्ताकपडा सहयोग गर्ने ब्यक्तित्वलाई सम्मान गरेको हो ।

यस्तै संस्थाले संस्थाका कर्मचारी राम मगर एवं बृद्धाश्रमका कर्मचारीद्धय भिम रिजाल र सरस्वती गौलिलाई पनि सम्मान गरेको छ । संस्थाकी अध्यक्ष अनुजा शिबाकोटी, इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहाल लिम्बू, कोशि प्रदेश सदस्य बन्दना अधिकारीले सम्मानित ब्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो । सभाको उद्घाटन सत्रमा अध्यक्ष अनुजा शिबाकोटीले संस्थाको र संस्था मार्फत सञ्चालित बृद्धाश्रमको बार्षिक प्रगति प्रतिबेदन एवं संस्थाकी सदस्य पूष्पा लिम्बू र माइभगवती बृद्धाश्रम सञ्चालक समितिका कोषाध्यक्ष कोमल निरौलाले आश्रमको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा इलाम नगरपालिका ८ का वडाध्यक्ष दलमान तामाङ, वडा नम्बर १० का वडाध्यक्ष दिलिप प्रधान लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । संस्थाले सञ्चालन गरेको माइभगवती बृद्धाश्रम इलाम नगरपालिका १० गोदकमा रहेको छ । आश्रममा हाल २ जना पुरुष सहित १० जना आश्रित रहेका छन् । 

प्रतिकृया दिनुहोस

सन्दकपुरमा कोपोमिस तालिम सकियो

गणेश घिमिरे चैत्र ११, इलाम  इलामको सन्दकपुर गाउँपालिकाका पाँचवटै वडामा सञ्चालन भएको कोपोमिस तालिम तथा प्रबिष्ट कार्यक्रम सोमबारबाट सकिएको छ ।

महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण 

गणेश घिमिरे चैत्र २, इलाम महिला उद्यमी संघ नेपाल इलामको छैठौं बार्षिक साधारण सभा इलाम सदरमुकाममा सम्पन्न भएको छ । संघकी अध्यक्ष रोमी पौडेल कोइरालाको

अग्र्यानिक तरकारी खेती उत्पादनमा जोड दिँदै सिमधारा महिला कृषक समूह

गणेश घिमिरे माघ १९, इलाम  महिलाको जिविको पार्जनमा आर्थिक सहयोग पुरयाउन एवं अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्न यतिखेर इलाम नगरपालिका ८