अतिथिलाई मायाको चिनो तरकारीको पोको
गणेश घिमिरे
पुष २२, इलाम
अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छ । कार्यक्रम समापनको समयमा पनि विशेषतः प्रमुख अतिथि संगै अन्य अतिथिलाई मायाको चिनो वा सौगात दिने क्रम बढ्दो छ । अतिथिलाई दिने मायाको चिनो राम्रो दिनु पर्छ भन्ने आम मान्यता र प्रचलन छ । अझ उद्योगी व्यवसायीको कार्यक्रमका सहभागी अतिथि र प्रमुख अतिथिलाई दिने मायाको चिनो त सामान्य होइन विशिष्ट नै हुन्छ । तर इलाम नगरपालिकामा यो पटक मायाको चिनो दिने फरक शैली र प्रयोग भएको छ । सदरमुकाममा सोमबार भएको सहयात्रा नेपाल इलामको १० औं साधारण सभाको उद्घाटनमा उपस्थित अतिथिलाई मायाको चिनो स्वरुप तरकारीको पोको दिइयो । सभाको उद्घाटन समापन पश्चात संस्थाले फूलकोपि, ब्रोकाउली, सागसम्मको प्याकेज बनाएर अग्र्यानिक तरकारीको कोसेली दिएको हो ।
इलाममा पछिल्लो समय अग्र्यानिक तरकारी खेती गर्ने कृषकको आकर्षण बढ्दै गएको छ । बिशेष गरेर अहिले महिलाहरुले सामूहिक रुपमा तरकारी खेती गर्नेक्रम बढ्दो छ । तरकारी उत्पादन गर्दा पर्ने किसानको मेहनतको महत्वसँगै इलाममा उत्पादन हुने तरकारी उत्पादनको महत्व बुझाउन र महिलाले मात्र उत्पादन गरेको कृषि उपजलाई प्रोत्साहन गर्न अतिथिलाई मायाको चिनो स्वरुप तरकारीको प्याकेज बनाएर प्रदान गरेको सहयात्रा नेपाल इलामकी कोषाध्यक्ष सबिता पाण्डेले बताउनुभयो । मायाको चिनो स्वरुप अग्र्यानिक तरकारीको पोको पाएपछि अतिथि पनि मक्ख भए । पाहुनालाई मायाको चिनो प्रदानमा नयाँ प्रयोग र अभ्यासको थालनी भएको र जिल्लामा हुने हरेक किसिमको कार्यक्रममा इलाममा उत्पादन हुने बस्तुहरुलाई प्रंोत्साहन गर्न यस्ता किसिमका क्रियाकलाप महत्वपूर्ण बन्ने कार्यक्रममा उपस्थित अतिथि मध्येका एका गैर सरकारी संस्था इलामका अध्यक्ष भक्त थामीको भनाई छ । मायाको चिनो के दिने भन्ने विषयमा छलफल गर्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्येश्यले तरकारीको पोको दिएको संस्थाले जनाएको छ । संस्थाले गठन गरेको नवजागृति कृषि महिला समूह र सिमधारा महिला समूहले उत्पादन गरेको तरकारी अतिथिलाई प्रदान गरेको हो । इलाममा बढ्दो बिषादीको प्रयोगबाट तरकारी उत्पादन भइरहेको भ्रम चिर्न तथा सहकारीले उत्पादन गरेको तरकारी बजारसम्म पुरयाउने उद्येश्य सहकारी संस्थाको छ । बजारको ब्यबस्था राम्रो नभइरहेको अवस्थामा अग्र्यानिक तरकारी सहज बिक्रिका लागि महिला समूहले बजार खोजिरहेको सिमधारा महिला कृषि समूहकी सचिब खोम कुमारी खवासले बताउनुभयो । यता संस्थाले मायाको चिनोको रूपमा गाउँका किसानले उत्पादन गरेको तरकारी अतिथिलाई दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए ।
आयातित वस्तुलाई मायाको चिनोका रूपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको तरकारी कासेलीका रूपमा पाएका हुन् । कृषि क्षेत्रबाटै महिलाको आर्थिक जीवनस्तर उकास्न सकिन्छ भन्ने उद्येश्यले सहयात्रा नेपाल मार्फत टेवा नेपाल काठमाडौंले आर्थिक सहयोग गर्दै आएको छ । टेवा नेपालले कृषि सहकारीमा एकदेखि तीनलाख रुपैंयाँसम्म आर्थिक सहयोग गर्दै आएको सहयात्रा नेपालकी अध्यष हेमकुमारी (गंगा) शिबाले जानकारी दिनुभयो । बिशेष गरेर खानेपानी मुहान तथा सिमसार संरक्षण र जलवायू परिवर्तनको क्षेत्रमा काम गर्दै आएको संस्थाले महिलाहरुको आय आर्जन उकास्नका लागि पनि क्रियाशिल भएर लागेको छ । सहयात्राले जिल्लामा पाँचवटा महिला कृषि समूह गठन गरेर सामूहीक तरकारी खेतीमा प्रोत्साहित गरीरहेको छ ।
सहयात्रालाई नगरपालिकाले दुईलाख सम्म सहयोग गर्ने
गणेश घिमिरे पुष २२, इलाम सहयात्रा नेपाल, इलामको १० औं बार्षिक साधारण सभा इलाम सदरमुकममा सोमबार सम्पन्न भएको छ । हेमकुमारी (गंगा) शिबाको अध्यक्षता एवं
दुईजना प्रतिष्पर्धीलाई पछि पार्दै दोस्रो पटकको प्रयासमा खनाल अध्यक्षमा निर्वाचित
गणेश घिमिरे पुष २१, इलाम निर्माण ब्यबसायी संघ इलामको १० औं जिल्ला अधिबेशनबाट अध्यक्षमा डिल्लि खनाल निर्वाचित हुनुभएको छ । दुईजना प्रतिष्पर्धीलाई
प्रगति पथमा लम्कदै छिमेकी सहकारी
गणेश घिमिरे मंसिर २२, इलाम वित्तिय कारोबार, बचत तथा ऋणको क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्दै इलाम जिल्लाको अब्बल सहकारीको रुपमा आफूलाई स्थापित
प्रतिकृया दिनुहोस